बागलुङ, १२ पुस – संस्कृत पाठशाल सञ्चालन गर्न जिल्लाको बिहुँकोटमा रहेको त्रिपरेश्वर महादेव मन्दिर रामकोटमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ ।
संस्कृत पाठशाला सञ्चालन गर्न काँठेखोला गाउँ ५ मा रहेको धार्मिक तिर्थस्थल त्रिपुरेश्वर महादेव मन्दिरमा आगामी माघ १ देखि ७ गतेसम्म धार्मिक महोत्स
बह्मलिन स्वामि श्री १००८ परमानन्द सरस्वति महराजले स्थापाना गरेको यो पबित्र तिर्थस्थलमा स्वामिकै पाला देखिनै परमानन्द संस्कृत पाठशाला संचालनमा रहेपनि शसस्त्र युद्धकालमा बन्द भएको थियो । हाल सो संस्कृत पाठशालालाई नियमित रुपमा संचालन गर्न नसक्ने अवस्था आएपछि महोत्सव आयोजना गरिएको सुवेदीले जानकारी दिए ।
जिल्लामा पहिलो पटक आयोजना गरिएको यो धार्मिक महेत्सव फरक प्रकृतिको रहेको र देश भरबाट बौद्धिक तथा साधुसन्तहरुको ब्यापक सहभागिता रहने बताइएको छ ।
बिहुँकोट धार्मिक महोत्सव २०७८ आयोजना गर्न आयोजित भेलाले ३६ वटा उपसमिति गठन गरिएको महासचिव हरिप्रसाद कँडेलले जानकारी दिए ।
धार्मिक महोत्सवमा यस क्षेत्रमा रहेका संस्कृति झल्कने झाँकीहरु, हेलिकप्टरबाट पुष्पबृष्टिसगै बिभिन्न क्षेत्रको दृश्यावलोकन, बैद्धिक बिधिद्वारा पुजा अर्चना, देवलिला, बौद्धिक एवं सन्तमाहात्माहरुबाट धार्मिक प्रबचन, भजन प्रतियोगिता, पन्चेबाजा प्रतियोगिता, राष्ट्रिय कलाकारहरुबाट भजन तथा बिबिध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको महासचिव कँडेलले जानकारी दिए ।
सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अमर थापाले आँफुले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । ५ नं. वडाका अध्यक्ष शिव प्रसाद कँडेल र ६ नं. वडा अध्यक्ष युक्तप्रसाद कँडेलले महोत्सव सफल पार्ने सवै क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।