९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पोखरा ओपन तथा भेट्रान्स टेनिसमा कमल थापाको दोहोरो जीत


जनमञ्च संवाददाता
  • १२ पौस २०७८ , सोमबार

  • पोखरा ओपन तथा भेट्रान्स टेनिसमा कमल थापाको दोहोरो जीत

    पोखरा, १२ पुस  – पोखरा ओपन तथा भेट्रान्स टेनिसमा सिंगलतर्फको प्रतिस्पर्धामा कमल थापाले राजकुमार गुरुङमाथि ६–४, ६–० को सहज जित निकाले। सोही उमेर समूहको डबल्समा झ्याम्पा ढुण्डुपलाई साथी बनाएका थापा जोडीले विदुर बिष्ट र काजी गुरुङको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाउन सफल भए।

    प्रतियोगिता अन्तर्गत सोमबार भएका अन्य खेलमा मेन्स ओपनतर्फ नेपालका शीर्ष वरियता प्राप्त खेलाडी प्ररण खनालले प्राञ्जल कायस्थलाई ६–१, ६–२ ले, विष्णु नेपालीले गौरब प्रताप शाहलाई ६–१, ६–३ ले, नेहार जंगबहादुर थापाले प्रमोदबहादुर थापालाई ६–०, ६–० ले, मनोज महर्जनले निशान्त श्रेष्ठलाई ६–०, ६–० ले, अक्की जुवेन रावतले सौगात विकलाई ६–०, ७–६ ले तथा गोविन्द नेपालीले विवेक मगरलाई ६–०, ६–२ ले पराजित गरे।

    उमन्स सिंगलतर्फ सलोनी तामाङले रायना शाहलाई ६–४, ६–३ ले, शर्भानी श्रेष्ठले प्रकृति श्रेष्ठलाई ६–२ ६–० ले, भगवती विकले श्रेया भट्टराईलाई ६–३, ६–३ ले तथा गंगा शर्माले सुभांगी लक्ष्मी शाहलाई ६–१, ६–३ ले पराजित गरिन्।

    ३५ वर्ष माथिको पुरुष एकलतर्फ सन्तोष खत्रीले कमल भण्डारीलाई ३–६, ६–३ र सुपरटाइमा १०–६ ले, दावा शेर्पाले विकास गुरुङलाई ६–०, ६–१ ले, सञ्जयकुमार श्रेष्ठले प्रकाशराज वाग्लेलाई ६–४, ६–१ ले, भीष्म गुरुङले सबर मियालाई ६–०, ६–० ले, नविन श्रेष्ठले सोम मगरलाई ७–६, ६–२ ले, नीरज थापाले मदन थापालाई ६–१, ६–१ ले, सिमान्त गुरुङले लक्ष्मण तामाङलाई ६–७, ६–३ र सुपरटाइमा १०–१ को जित निकाले।

    ४५ वर्ष माथिको एकलमा चन्द्र शाहीले सुकमान तामाङलाई ६–२, ६–० ले, धरमसिंह लामिछानेले यज्ञबहादुर भण्डारीलाई ६–३, ६–२ ले, उत्तम लामाले रोहित सुनुवारलाई ६–४, ६–३ ले, उत्तम बोगटीले शुक्र शेरचनलाई ६–१, ६–० ले, विनोद कायस्थले गोपीबहादुर भट्टराईलाई ६–३, ३–६ र सुपरटाइमा १०–७ ले, शिव सेढाईले मनोज श्रेष्ठलाई ६–१, ६–० ले तथा हुम आलेले विकास गुरुङलाई ३–६, ६–३ र सुपरटाइमा १०–७ ले तथा विमल गुरुङले शरण गुरुङलाई ६–१, ६–० ले पराजित गरेका छन्।

    ३५ वर्ष माथिको डवल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले प्रकास वाङगेल र इन्द्र गुरुङलाई ६–२, ६–२ ले, सिमान्त गुरुङ र भिष्म गुरुङको जोडीले निरज थापा र विकास गुरुङलाई ६–२, ७–५ ले, राजन पौडेले र नविन श्रेष्ठको जोडीले सुकमान तामाङ र दुर्गा केसीलाई ४–६, ६–४ र सुपरटाईमा १०–६ ले पराजित गरे।

    प्रतियोगिता अन्तर्गत ४५ वर्ष माथिको डवल्समा नविन चालिसे र विरेन्द्र लामाको जोडीले पदम गुरुङ र राजकुमार घिमिरेको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा ६–४, ५–७ र सुपरटाइममा १०–४ ले पराजित गरे। निरेश श्रेष्ठ र गोपालदास मानन्धरको जोडीले केवी थापा र अमृत कार्कीको जोडीलाई ६–४, ४–६ र सुपरटाइमा पराजित गरे। ५५ वर्ष माथिको डवल्समा मनोज राणा र राम रानाको जोडीले विष्णु गुरुङ र शान्ता श्रेष्ठको जोडीलाई सहज जित निकाल्न सफल भए। प्रतियोगिता अन्तर्गत मंगलबार पनि विभिन्न उमेर समुहमा प्रतिस्पर्धा हुने टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend