८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बिहानैबाट देशभर वर्षा-हिमपात, भोलिसम्म पानी पर्ने


जनमञ्च संवाददाता
  • १४ पौस २०७८ , बुधबार

  • बिहानैबाट देशभर वर्षा-हिमपात, भोलिसम्म पानी पर्ने
    x'Dnfdf lxdkft l;dsf]6, !) k'; M lxdfnL lhNnf x'Dnfdf zlgaf/ laxfgb]lv lxdkft . lxdkftaf6 lhNnfdf cTolws lr;f] sf/0f ;j{;fw/0fnfO{ si6 ePsf] 5 . t:jL/ M bfg] af]x/f÷/f;;

    काठमाडौं, १४ पुस – अहिले देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशका धेरैजसो स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ।

    काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ।

    महाशाखाले आज (बुधबार) बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यसैगरी उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

    आज राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

    मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ। यसैका कारण देशभर माैसम बदली तथा वर्षा र हिमपात भइरहेकाे हाे।

    महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

    जसमा भनिएको छ : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

    यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend