९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सेन्ट्रल जोन भलिबल: उज्बेकिस्तानलाई हराउँदै नेपालले दोहोर्‍यायो इतिहास


जनमञ्च संवाददाता
  • १४ पौस २०७८ , बुधबार

  • सेन्ट्रल जोन भलिबल: उज्बेकिस्तानलाई हराउँदै नेपालले दोहोर्‍यायो इतिहास

    काठमाडौं, १४ पुस – नेपाली राष्टिय महिला भलिबल टोलीले एभीसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा उपाधि रक्षा गर्दै इतिहास दोहोर्याएको छ।

    सेन्ट्रल जोनमा उत्कृष्ट प्रर्दशन गर्दै महिला टोलीले उज्बेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै इतिहास रचेको हो।

    बगंलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको फाइनल खेलमा नवप्रवेशी टोली उज्बेकिस्तानलाई पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो।

    निकै प्रतिस्पर्धात्मक भएको खेलमा नेपालले उज्बेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २५–२२ र १५–११ ले जित निकालेको हो।

    पहिलो सेटमा नेपाल एक समय ११–७ १६–१२, १८–१५ ले पछि परेको अवस्थामा १९–१८ ले अग्रता बनायो। यस्तै २२–२२ को अवस्थामा रहँदा नेपालले प्रतिस्पर्धात्मक खेल खेल्दै २६–२४ ले नतिजा आफ्नो पक्षमा पारेको थियो।

    दोस्रो सेटमा सुरुवातबाट नै पछि परेको नेपाल २४–२४ को अवस्थामा थियो। दोस्रो सेट नेपालले २६–२४ ले गुमायो।

    तेस्रो सेटमा एक समय १०–११ ले पछि परेको नेपालले अग्रता बनाउँदै खेललाई १८–११ को अवस्थामा ल्यायो। उत्कृष्ट प्रर्दशन गरेको नेपालले तेस्रो सेट २५–१५ ले जित्यो। चौथो सेट २५–२२ ले गुमाउन पुग्यो।

    राउण्ड रोविनको खेलमा नेपालले उज्बेकिस्तानलाई २५–२०, २५–२३ र २५–१४ को सोझो सेटमा पराजित गरेको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend