९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

टेनिसमा रोमाञ्चक प्रतिस्पर्धा: सलोनी र गंगा फाइनलमा


जनमञ्च संवाददाता
  • १४ पौस २०७८ , बुधबार

  • टेनिसमा रोमाञ्चक प्रतिस्पर्धा: सलोनी र गंगा फाइनलमा

    पोखरा, १४ पुस – नेपालकी शीर्ष वरियता प्राप्त खेलाडी सलोनी तामाङ र गंगा शर्मा१८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताको महिला एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

    कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको सेमिफाइनलमा नेपाल नम्बर १ खेलाडी सलोनीले शर्भानी श्रेष्ठलाई ५–७, ६–३ र ६–० को सेटमा पराजित गर्दै अन्तिममा स्थान बनाएकी हुन् ।

    त्यस्तै, गंगाले भगवती विकलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधीका लागि सलोनीसंगको प्रतिस्पर्धा निश्चित गरेकी हुन् ।


    प्रतियोगिता अन्तर्गत मेन्स सिंगलतर्फ नेपालका शीर्ष वरियताका प्रणव खनाल तथा दोश्रो नम्बरका प्रदीप खड्का सेमिफाइनलमा पुगे ।

    प्रणवले पोखराका विष्णु नेपालीलाई ४–६, ६–६ र ६–२ को सेटमा पराजित गरेका हुन भने प्रदिपले पोखराकै गोविन्द नेपालीमाथि ६–१, ६–४ को सहज जित निकाल्दै अन्तिम चारमा आफ्नों नाम लेखाउन सके ।

    त्यस्तै, जुवेन रावतले निशान श्रेष्ठलाई ७–६, ६–१ ले तथा आरब सम्राट हाडाले नेहाल जंग थापालाई ६–२, ६–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । फाइनल पुग्न प्रणवले आरबसँग तथा प्रदिपले निशानसंग प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतियोगिताअन्तर्गत ३५ वर्ष माथिको पु्रुष एकलमा निरज थापा, दावा शेर्पा, भिष्म गुरुङ र सन्तोष खत्रीले अन्तिम चारमा स्थान बनाएका छन् । अब फाइनल पुग्न निरजले भिष्मसँग तथा दावाले सन्तोषसंग प्रतिस्पर्धा गर्नेछन् ।

    ४५ वर्ष माथिको पुरुष एकलतर्फ चन्द्र शाही, उत्तम लामा, विनोद कायस्थ र विमल गुरुङले सेमिफाइनलको यात्रा तय गरेका छन् । ३५ वर्ष माथिको पुरुष डबल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले उपाधिका लागि राजु क्षेत्री र सुदर्शन विष्टको जोडीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend