८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

हिउँ खेल्न जाँदै हुनुहुन्छ ? छाला स्वास्थ्यबारे यी कुरामा सतर्क हुनुहोस्


जनमञ्च संवाददाता
  • १४ पौस २०७८ , बुधबार

  • हिउँ खेल्न जाँदै हुनुहुन्छ ? छाला स्वास्थ्यबारे यी कुरामा सतर्क हुनुहोस्

    काठमाडौं, १४ पुस – गए रातिदेखिको वर्षासँगै उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भइरहेको छ । काठमाडौं उपत्यका नजिकका डाँडाहरूमा पनि हिमपात भएको छ । हिउँ परेका स्थानहरूमा बुधबार बिहानैदेखि नै हिउँ खेल्न जानेहरूको घुइँचो लागेको देखिन्छ । हिउँमा रमाइरहँदा छाला स्वास्थ्यको पनि त्यत्तिकै ख्याल गर्नुपर्ने हुन्छ ।

    विशेषगरी छालाको समस्या भएकाहरूले खाली हातले हिउँ नखेल्न छालारोग विशेषज्ञहरू सुझाव दिन्छन् । १० देखि १५ मिनेटभन्दा बढी खाली हातले हिउँ खेल्दा ‘चिल ब्लेन’ (छाला निलो हुँदै जाने) समस्या हुन्छ । धेरै चिसोका कारण रक्तनली खुम्चिने र पर्याप्त सक्तसञ्चार नहुने कारणले यस्तो समस्या देखिन्छ ।

    त्यसैगरी लामो समयसम्म चिसो हुँदा छालामा फोका आउने, चिलाउनेलगायत चिसोबाट हुने विभिन्नखाले एलर्जी देखिन्छ । यस्तो समस्या चिसो पानीमा धेरै काम गर्ने गृहीणीहरूमा पनि देखिइरहेको हुन्छ । विशेषगरी हिउँमा खेल्दा छालामा हुनसक्ने विकिरणको असरबारे सतर्क हुनु जरुरी छ ।

    घाम लागेको समयमा हिउँले घामबाट आएको विकिरण ९० प्रतिशतसम्म रिफ्लेक्ट गर्ने गर्दछ । अर्थात् घाममा हुने परावैजनी किरणहरूलाई हिउँले रिफ्लेक्ट गर्ने गर्छ र सो किरण मानिसको छालामा पर्न गएमा त्यसले नकारात्मक असर गर्दछ ।

    त्यसैले हिउँ खेल्न जानुअघि पनि छालामा सनब्लक क्रिमहरू पर्याप्त लगाउनुपर्छ । जाडो महिनामा यसैपनि छालालाई सुरक्षित राख्न विभिन्न उपायहरू अपनाइरहुन पर्दछ । त्यस्तै चिसोका कारण छाला निलो भएका हातखुट्टा तताउन सिधै हिटर या आगोको प्रयोग गर्नु हुँदैन । पहिले मनतातो पानीमा हात खुट्टालाई डुबाउने गर्नुपर्छ । यसो गर्दा खुम्चिएका नसाहरू विस्तारै सन्तुलनमा आउँछन् र छालामा हुने एलर्जीजस्ता समस्याबाट बच्न सकिन्छ ।

    त्यसैगरी जाडोयाममा हिटर प्रयोग गर्दा छाला सुख्खा हुने भएकाले शरीरलाई सन्तुलनमा राख्न मनतातो पानी पिइरहुनुपर्छ । सँगसँगै कोठाको सापेक्षित आद्रता सन्तुलन गर्न कुनै खुला भाँडोमा पानी राखिरहुनपर्दछ ।

    ( छालारोग विशेषज्ञ वरिष्ठ डा. सविना भट्टराईसँगको कुराकानीमा आधारित)

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend