२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

आफ्नै श्रीमानको हत्या आरोपमा श्रीमती थुनामा


जनमञ्च संवाददाता
  • १४ पौस २०७८ , बुधबार

  • आफ्नै श्रीमानको हत्या आरोपमा श्रीमती थुनामा

    बागलुङ, १४ पुस – आफ्नै श्रीमानको हत्या अभियोगमा बागलुङकी एक महिला कारागार चलान भएकी छन् । जिल्ला अदालत बागलुङको आदेशमा निसीखोला गाउँपालिका-६ खार्चङकी २३ वर्षीया मोनिका बुढा मगरलाई पूर्पक्षका लाथि थुनामा पठाईएको हो । आफ्नै श्रीमान ३१ वर्षीय टेकबहादुर बुढा मगरको हत्या गरेको आरोपमा उनी हिरासतमा थिईन् ।

    मोनिकाले मंसिर ९ गते राती श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । मृतक बुढा मगर घरको आँगनमा मृत अवस्थामा फेला परेका थिए । प्रहरीले अनुसन्धान पुरा गरेर सरकारी वकिल कार्यालयमार्फत प्रतिवादी तथा मिसिल जिल्ला अदालतमा पेस गरेको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

    यस्तै, प्रहरीले विगत ११ वर्षदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बागलुङबाट २०६७ साल असोज ३ गते २० वर्ष कैद फैसाला भई फरार जैमिनी नगरपालिका-१० का ४६ वर्षीय बलबहादुर पुनलाई घरबाटै पक्राउ गरेको हो ।

    घरमै लुकीछिपी बसेको अवस्थामा फेला परेका पुनलाई लगत कट्टाको लागि अदालत पेस गर्दा अदालतले कारागार चलान गरेको डीएसपी हवारीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend