८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

माओवादी बन्दसत्रमा ‘प्रचण्ड युग’ घोषणा गर्न प्रस्ताव


जनमञ्च संवाददाता
  • १५ पौस २०७८ , बिहिबार

  • माओवादी बन्दसत्रमा ‘प्रचण्ड युग’ घोषणा गर्न प्रस्ताव

    काठमाडौं, १५ पुस – नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा ‘प्रचण्ड युग’को घोषणा गर्ने प्रस्ताव आएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रममा बुधबार वागमती प्रदेशका टोली नेता सरल सहयात्रीले प्रचण्ड विचार र प्रचण्ड युग घोषणाको प्रस्ताव राखेका हुन् ।

    प्रचण्डले आफ्नो प्रस्तावमा पार्टीमा छलफल नगरी प्रचण्डपथ स्थगित गर्नु गल्ती भएको स्वीकार गरेका छन्, तर प्रचण्डपथ र २१औं शताब्दीको जनवादलाई २१औं शताब्दीको समाजवादको विचार बताउने सन्दर्भ सामग्रीका रुपमा मात्र लिइने बताएका छन् । समूहगत छलफलको निष्कर्ष पेश गर्दै सहयात्रीले भने प्रचण्डपथलाई अपग्रेड गरेर प्रचण्ड विचार भन्नुपर्ने बताएका छन् ।

    ‘माओवादी आन्दोलनका क्रममा विकसित गरेका समग्र विचार श्रृङ्खलालाई संश्लेषण गरेर प्रचण्ड विचार भनौं,’ उनले भनेका छन् ।

    वागमती प्रदेशका अध्यक्षसमेत रहेका सहयात्रीले अहिलेको समयलाई प्रचण्ड युग घोषणा गनुपर्ने उनको प्रस्ताव छ । माओवादी आन्दोलनले उठाएका एजेण्डाहरु गणतन्त्र, संघीयता, समानुपातिक समावेशीमा मुलुक हिँडिरहेको भन्दै उनले यो समयलाई प्रचण्ड युगका रुपमा परिभाषित गर्नुपर्ने बताएका हुन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend