काठमाडौं, १५ पुस – बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको क्वाटरमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। तीन जना बिरामी भएका छन्। प्रहरीका अनुसार अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरूको मृत्यु भएको हो।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा धर्मप्रसाद भट्टराई, उनका तीन महिनाका छोरा इक्सन, बहिनी कोली भट्टराई र सासु कोकिलाको मृत्यु भएको हो ।
धर्मकी पत्नी सुशीला भट्टराई तथा छाेराहरु दिवस र नरेन्द्र भट्टराईको अहिले भेरी अस्पतालमै उपचार भइरहेको छ । ‘उहाँहरुको निसास्सिएर मृत्यु भएको अनुमान छ,’ प्रजिअ खत्रीले भने, ‘उनीहरु अस्पतालकै एकै कोठामा बस्दै आइरहेका थिए ।’