९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पोखरामा सडक महोत्सव सुरु, अंग्रेजी नयाँ वर्षको गन्तव्य बनाउने उदेश्य


जनमञ्च संवाददाता
  • १५ पौस २०७८ , बिहिबार

  • पोखरामा सडक महोत्सव सुरु, अंग्रेजी नयाँ वर्षको गन्तव्य बनाउने उदेश्य

    पोखरा, १५ पुस – पोखरामा आजबाट सडक महोत्सव सुरु भएको छ। पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडको ३ किलोमिटर क्षेत्रलाई लक्षित गरी महोत्सव सुरु भएको हो।

    ‘सडकमै खाऊँ, सडकमै रमाऔँ’ भन्ने नारासहित रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले महोत्सवको आयोजना गरेको हो। यो महोत्सवको २३ औं संस्करण हो।

    महोत्सव ३ दिनसम्म चल्नेछ। पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्य बनाउने उदेश्यले महोत्सव आयोजना गरिएको संयोजक तथा रेबानका प्रथम उपाध्यक्ष नरेश भट्टराईले बताए।

    कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको त्रासका कारण ५ दिने महोत्सवलाई ३ दिनमा झारिएको र स्वास्थ्य मापदण्ड अपनाएरै महोत्सव आयोजना गरिन लागेको उनले जिकिर गरे।

    उनका अनुसार महोत्सवको बेला अवलोकनकर्तालाई कोभिडको खोप पनि दिइने छ। करिब ५ सय जना जतिलाई जोन्सन एण्ड जोन्सनको खोप दिने प्रबन्ध मिलाइएको उनले बताए।

    महोत्सव खाना र संस्कृतिको मिश्रण भएको बताउँदै उनले लेकसाइडमा संसारभरका खानाका परिकार पाक्ने जिकिर पनि गरे।

    ‘यहाँ संसारभरका चुल्होमा पाक्ने खाना पाक्छ,हामीले भने नेपाली परिकारको ब्राण्डिङलाई प्राथमिकता दिएका छौं’,संयोजक भट्टराईले भने,‘ महोत्सवको अवसरमा प्याराग्लाइडिङदेखि होटलको कोठा र खानासम्म नै छुट दिइएको छ।’

    उनका अनुसार महोत्सवको क्रममा लेकसाइड क्षेत्रका ठूला होटलहरु सबै बुकिङ भइसकेका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend