९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

उपाधि विजेता नेपाली भलिबल टोलीलाई भब्य स्वागत


जनमञ्च संवाददाता
  • १५ पौस २०७८ , बिहिबार

  • उपाधि विजेता नेपाली भलिबल टोलीलाई भब्य स्वागत

    काठमाडौं, १५ पुस – एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिम बिहीबार स्वदेश आइपुगेको छ।

    लगातार दोस्रो पटक उपाधि जितेर बंगलादेशको राजधानी ढाकाबाट फर्किएको नेपाली टिमलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो। खेलाडीलाई बाजगाजासहित स्वागत गरिएको थियो।

    बंगलादेशमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको हो।

    ढाकास्थित शाहिद सूरवार्दी इन्डोर रंगशालामा नेपालले प्रतिस्पर्धात्मक खेलमा उज्वेकिस्तानलाई २६–२४, २४–२६, २५–१५, २५–२२ र १५–११ अंकले पराजित गरेको हो।

    प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको थियो। प्रतियोगितामा नेपाली पुरुष भलिबल टोली भने चौथो भयो।

    नेपाली महिला भलिबल टोलीले सन् २०१९ मा बंगलादेशमै सम्पन्न उक्त प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई हराएर उपाधि जितेको थियो।

    सरकारले च्याम्पियन बनेका नेपाली खेलाडीलाई जनही ५ लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend