२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

प्रिमियरमा ‘कठपुतली’लाई सकारात्मक प्रतिक्रिया


जनमञ्च संवाददाता
  • १५ पौस २०७८ , बिहिबार

  • प्रिमियरमा ‘कठपुतली’लाई सकारात्मक प्रतिक्रिया

    काठमाडौं, १५ पुस – देशभरका हलमा शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘कठपुतली’लाई चलचित्रकर्मीहरुले उत्कृष्ट बताएका छन् । नेपालमा बनेका हरर चलचित्रहरुमा थुप्रै कमीकमजोरी भेटिएपनि यो चलचित्रलाई भने उनीहरुले राम्रो प्रतिक्रिया दिएका छन् ।

    चलचित्रको छायांकन, साउण्ड डिजाइन र कथालाई चलचित्रकर्मीले मुक्तकण्ठले प्रशंसा गरे । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले यो चलचित्रको कथावस्तु उत्कृष्ट रहेको प्रतिक्रिया दिए । उनले यो चलचित्र अन्तर्राष्ट्रिय स्तरमा पनि जान सक्ने सम्भावना रहेको औंल्याए ।

    चलचित्र निर्देशक प्रदीप भट्टराईले यसको प्राविधिक पाटोको प्रशंसा गरे । ‘नेपाली चलचित्र हेर्दा नयाँ अनुभव भयो । प्राविधिक रुपमा एकदमै बलियो छ,’ उनले भने, ‘साउन्ड, लाइटिङ, प्रोडक्सन, कस्ट्युम, अभिनय आदिले चलचित्रलाई बलियो बनाएको छ । यसले दर्शकलाई तर्साउने कुरामा विश्वस्त छु ।’

    अभिनेत्री निशा अधिकारीले पनि यो चलचित्रको प्राविधिक पाटोलाई उत्कृष्ट भनेकी छन् । उनले पहिलो पटक स्वदेशी ‘भूत’ हेर्न पाएकोमा आफू खुशी भएको बताइन् ।

    चलचित्रकी नायिका उषा रजकले वर्षौंको मिहिनेतले यो चलचित्र बनेको बताउँदै ९ वर्षको छोरा आफन्तकहाँ छाडेर पाल्पा जाँदाको सम्झना गरिन् ।

    चलचित्रका मुख्य कलाकार गौरी मल्ल र शिल्पा मास्केले पनि आफूहरुको भूमिकाबाट सन्तुष्ट रहेको सुनाए ।

     

    प्रिमियरमा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र, नाट्यकर्मी अशेष मल्ल, गायकद्वय सत्य–स्वरुपराज आचार्य, कलाकार सन्दीप क्षेत्री, निर्देशक तथा सञ्चारकर्मी दिनेश डीसी, लेखक प्रदीप भारद्वाज, अभिनेत्री बेनिशा हमाल, मोडल निराजन प्रधान, निर्देशक सुदर्शन थापा, निर्माता अर्जुन कुमार, निर्मात्री पूनम गौतम लगायत पुगेका थिए ।

    भीमसेन लामाको निर्देशनमा बनेको यो चलचित्रलाई सम्पदा मल्लले लेखेकी हुन् । यो चलचित्रले राजदरबारभित्र सत्ताका लागि बाबु र छोराबीचको लडाइँ, युवतीहरुमाथि हुने अत्याचार र त्यसपछिको बदलाको कथालाई उठाएको छ ।

    चलचित्रलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् । ‘कठपुतली’लाई देशभरका मल्टिप्लेक्सहरुले समेत राम्रो शो उपलब्ध गराएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend