९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पर्वतका पाँच पत्रकार एकैसाथ पुरस्कृत


जनमञ्च संवाददाता
  • १६ पौस २०७८ , शुक्रबार

  • पर्वतका पाँच पत्रकार एकैसाथ पुरस्कृत

    पर्वत, १६ पुस – प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतले स्थापना गरेको सिर्जनशिल पत्रकारिता पुरस्कारवाट पाँच पत्रकार पुरस्कृत भएका छन् ।

    कोरोना महामारी लगायतका कारणले पाँच बर्षदेखि प्रदान गर्न नसकिएको पत्रकारीता पुरस्कार चौतारीले एकै बर्ष प्रदान गरेको हो । पत्रकार लक्ष्मण सापकोटा, कृष्णबहादुर अखेली, सुवास लामिछाने, शान्ति सुवेदी र महेन्द्र जिसीलाई उक्त पुरस्कार वितरण गरिएको थियो ।

    सापकोटालाई वर्ष २०७४ सालको पुरस्कार र त्यसपछिका पुरस्कार क्रमश कृष्णबहादुर अखेली, सुवास लामिछाने, शान्ति सुवेदी र महेन्द्र जिसीलाइ प्रदान गरिएको थियो ।

    शुक्रवार कुश्मामा आयोजित एक कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव पद्मा अर्यालले सम्मानपत्र तथा नगद प्रदान गरिन् । पुरस्कारको राशि रु २१ हजार १२१ रहेको छ । प्रेस चौतारी पर्वतले हरेक वर्ष एक सक्रिय पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

    सो अवसरमा प्रेस चौतारी पर्वत शाखाका पूर्वअध्यक्ष भोलानाथ शर्मा, प्रेस चौतारी नेपालका पूर्वबरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, पूर्वअध्यक्ष गणेश पौडेल, राजेन्द्र पहाडी, इन्द्रमान खत्री र नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend