टोकियो, १६ पुस – बागलुङ बलेवा सेवा समाज जापानको अध्यक्षमा टिकाराम रिजाल ‘बिमल’ चयन भएका छन् । शुक्रबार जापानमा सम्पन्न समाजको छैठौं अधिवेशनले रिजालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा विकास केसी, उपाध्यक्ष सुरेन्द्र पौडेल, एल पि शर्मा, सिता चापागाई, महिला उपाध्यक्षमा शान्ती केसी बस्नेत, महासचिवमा अर्जुन लामिछाने, सचिव सन्तोष सापकोटा, कोषाध्यक्ष महेन्द्र ढकाल र सह–कोषाध्यक्ष दिपेन्द्र गिरी तथा प्रवक्तामा गोविन्द्र पौडेल चयन भएका छन् ।
अधिवेशनले राजिव केसी, दिपेन्द्र रिजाल, रामु पौडेल, मिलन पौडेल, किस्मत पाठक, मनोज पाठक, दिपक पौडेल, सोनाली परियार, विष्णु पाठक पौडेललाई सदस्यमा चयन गरेको छ ।
समाजको सल्लाहकारमा दिप पाठक, राम चापागाई, शेषकान्त रिजाल, दयाराम सुवेदी, बलराम भट्ट साथै संरक्षकमा महेन्द्र पिसि, सेवक पिसी, राजु केसी, राज पौडेल र सुर्य लामिछाने रहेका छन् ।
अधिवेशनमा महासचिव विमल रिजालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष एल.पि. शर्माले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा संरक्षक सुर्य लामिछाने, महेन्द्र पिसी, सेवक पिसी, राजु केसी र अन्तराष्ट्रिय साहित्य समाजका केन्द्रिय सदस्य दिप पाठकले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम राज पौडेलको अध्यक्षता, बिमल रिजालको सञ्चालन र अर्जुन लामिछानेको स्वागतमा सम्पन्न भएको थियो ।