९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कार्यकर्ताको प्रश्नपछि प्रचण्डले भने, ‘खुमलटार छाडेर झुपडीमा बस्न तयार छु’


जनमञ्च संवाददाता
  • १६ पौस २०७८ , शुक्रबार

  • कार्यकर्ताको प्रश्नपछि प्रचण्डले भने, ‘खुमलटार छाडेर झुपडीमा बस्न तयार छु’

    काठमाडौं, १६ पुस – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू डेरा सर्न तयार रहेको बताएका छन्। उनले खुमलटारबाट झुपडीमा गएर बस्न पनि तयार रहेको बताए।

    आठौं महाधिवेशनअन्तर्गत आफूले राखेका राजनीतिक प्रस्तावबारे आज स्पष्टीकरण दिँदै अध्यक्ष प्रचण्डले भने, ‘म डेरा सर्न तयार छु। यो विषयमा निकै आलोचना हुने गरेको छ। म झुपडीमा गएर बस्न पनि तयार छु।’

    प्रचण्ड खुमलटारस्थित शारदा अधिकारीको घरमा बस्दै आएका छन्। अधिकारी निर्माण व्यवसायी हुन्।

    महाधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताहरूले प्रचण्डलाई उक्त डेरा छाड्न सुझाव दिँदै अध्यक्ष बस्ने घर कार्यकर्ताहरूले नै बनाइदिने बताएका थिए।

    ‘म खुमलटार छाडेर गाउँ जाने कि भन्ने पनि सोच्दैछु। निर्णय त गरिसकेको छैन। तपाईंहरू  केन्द्रीय सदस्य पनि काठमाडौं बस्ने होइन गाउँ जाने हो, तयार हुनुस्,’ उनले भने।

    प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend