९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

ओपन टेनिस उपाधि पोखराका प्रदीपलाई 


जनमञ्च संवाददाता
  • १७ पौस २०७८ , शनिबार

  • ओपन टेनिस उपाधि पोखराका प्रदीपलाई 

    पोखरा, १७ पुस – १८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता अन्तर्गत मेन्स सिंंगल्सको उपाधी पोखराका प्रदीप खड्काले जितेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलमा प्रदीपले आरभ सम्राट हाडालाई ६–३, ६–४ को सोझो सेटमा पराजित गर्दै नगद ८० हजार सहितको उपाधि जितेका हुन् ।

    जीतसँगै खड्का नेपालको शीर्ष वरियतामा उक्लिएका छन् । गत महिना काठमाडांैमा भएको गणेशमान राष्ट्रिय टेनिस प्रतियोगितामा खड्का आरभसँग ६–३, ६–१ ले पराजित हुन पुगेका थिए । प्रतियोगितामा उपविजेता बनेका आरभले नगद ४० हजार सहित मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

    प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको एकलतर्फको उपाधि सन्तोष खत्रीले आफ्नो गराए । फाइनल खेलमा सन्तोषले भीष्म गुरुङलाई ६–०, ६–१ को सहज सेटमा पराजित गरे । विजेता खत्रीले नगद ६० हजार तथा उपविजेता गुरुङले ३० हजारसहित ट्रफी मेडल पुरस्कार पाए ।

    त्यसैगरी ४५ वर्ष माथिको एकल उपाधि चन्द्र शाहीले जिते । उनले विमल कुमार गुरुङलाई ६–३, ६–२ को सोझो सेटमा जित हाँसिल गर्दै सो उपाधि रक्षा गरेका हुन् । विजेताले नगद ४० हजार, उपविजेताले नगद २० हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गरे ।

    त्यस्तै ४५ वर्ष माथिको मेन्स डबल्समा हिमाल शाह र राजु क्षेत्रीको जोडी विजेता बन्यो । हिमाल जोडीले पोखराका विनोद कायस्थ र विकास गुरुङको जोडीलाई ६–२, ६–२ को सोझो सेटमा जित निकाल्दै प्रथम स्थान हासिल गरेको हो । विजेताले नगद २० हजार तथा उपविजेताले नगद १० हजारसहितको पुरस्कार प्राप्त गरे ।

    विजयी खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंकका पूर्वाध्यक्ष रोशन केसी, नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणा, प्रतियोगिताको प्रायोजक ट्र्याङ्कुलिटी स्पा का निर्देशक प्रनिल फैजु, नेपाल टेनिस संघका पूर्वाध्यक्ष मनोज राणा, सूर्य प्रेम टेनिस कोर्टका निर्माता किरण केसी लगायतले पुरस्कार प्रदान गरे । आयोजक संघका अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव नविन चालिसेले सञ्चालन गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend