९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पाँचदलीय गठबन्धन चुनावसम्म, शंका नगर: माधव नेपाल


जनमञ्च संवाददाता
  • १७ पौस २०७८ , शनिबार

  • पाँचदलीय गठबन्धन चुनावसम्म, शंका नगर: माधव नेपाल

    बेँसीसहर, १७ पुस – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन् । लमजुङको सदरमुकाम बेँसीसहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

    नेपालले भने, ‘पाँचदलीय गठबन्धन राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौँ । स्थानीय, प्रदेश र केन्द्रीय तहसम्मको निर्वाचनमा पनि यो गठबन्धन सँगै हुनेछ । कसैले शंका नगरे हुन्छ ।’

    कुनै पनि एक दलको एकल बहुमत आउने सम्भावना कम रहेको भन्दै गठबन्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो । उनले अबको केही समयमा स–साना वामपन्थी पार्टीबीच एकता हुनेसमेत बताए ।

    अध्यक्ष नेपालले नेकपा (एमाले) पार्टीको रूपमा नरहेको टिप्पणीसमेत गरे । नेपालले एकीकृत समाजवादी पार्टी सेवाभावले ओतप्रोत भएका नेता–कार्यकर्ताहरूको पार्टी भएको दाबी गरे । उनले लुटेरा, भ्रष्टाचारी, अनैतिक क्रियाकलापमा रमाउनेहरू आफ्नो पार्टीमा नअटाउने भन्दै इमान्दार व्यक्तिहरूलाई मात्रै पार्टीमा स्वागत गर्ने बताए ।

    एमाले अध्यक्ष केपी ओलीलाई इंगित गर्दै नेता नेपालले लोकतन्त्र प्राप्त भइसकेको अवस्थामा अब तानाशाही र निरंकुशवालाहरूको दिन गएको उल्लेख गरे । अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढेको बताए ।

    उनले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने भन्दै टोलटोलमा गएर पार्टीको संगठन निर्माणमा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए । यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले आफू जनताको पक्षमा काम गर्न प्रतिबद्ध रहेको भन्दै जनताको भरोसा टुट्न नदिने बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend