९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

प्रचण्डले सहमतिमै केन्द्रीय सदस्य र पदाधिकारी टिम घोषणा गर्ने


जनमञ्च संवाददाता
  • १८ पौस २०७८ , आइतबार

  • प्रचण्डले सहमतिमै केन्द्रीय सदस्य र पदाधिकारी टिम घोषणा गर्ने

    काठमाडौं, १८ पुस – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जुटाएरै आइतवार दिउँसो केन्द्रीय समिति सदस्यदेखि पदाधिकारीसम्म घोषणा गर्ने भएका छन्।

    शनिबार दिनभर भएको सहमति प्रयास विफल भएपछि प्रज्ञा प्रतिष्ठानस्थित बन्दसत्र हललाई शनिवार साँझ सम्बोधन गरेपछि दाहालले सबै निर्वाचन कार्यक्रम स्थगित गराएका थिए।

    २९९ सय सदस्यीय केन्द्रीय कमिटीमा सहमति जुट्न नसकेपछि आज ८ बजेदेखि १०:३० सम्म हुने भनिएको उम्मेदवारी मनोनयनसहितका सबै निर्वाचन कार्यक्रम आइतबारसम्मलाई स्थगित भइसकेका छन्।

    माओवादी नेतृत्वले आइतवार दिउँसो साढे १ बजेसम्म सहमति जुटाएर पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको नाम हलमा घोषणा गर्ने बताएपछि निर्वाचनका सबै कार्यक्रम स्थगित भएका छन्।

    नेतृत्वले शनिबारै प्रदेश कमिटीसमेतको सिफारिसमा विभिन्न क्लस्टर विभाजन गरेर २९९ सदस्यीय केन्द्रीय कमिटीको नाम अध्यक्षमण्डलमार्फत हलमा पेश गर्ने योजना बनाएको थियो।

    तर केही प्रदेश कमिटीबाटै केन्द्रीय सदस्यहरुको नाम आउन नसकेपछि सुरु भइसकेको नयाँ नेतृत्व चयन प्रक्रिया रोकिएको हो। शनिबार साँझ ५ बजेसम्म सहमति नभए राति ८ बजेदेखि निर्वाचन प्रक्रिया अघि बढाउन मतदाता नामावली नै प्रकाशित भइसकेको थियो।

    अध्यक्षमण्डलले शनिबारै बन्दसत्र हलमा प्यानल प्रस्ताव पेश गर्ने तयारी थियो। तर सहमति नभएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर सबै निर्वाचन कार्यतालिका एक दिन पछाडि सरेको छ।

    पार्टीबाट निर्वाचन कार्यतालिका सार्न आग्रह भएपछि त्यसलाई आइतबारसम्म सारिएको हो। यस्तोमा अध्यक्ष प्रचण्डले बन्दसत्र हलमा सम्बोधन गर्दै आइतवार १ बजे पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नाम पनि सहमतिमै घोषणा गर्ने बताएका छन्।

    उनले सहमतिबाटै सबै कुरा टुंग्याउने वचन दिएपछि निर्वाचन समितिले पनि आइतवार दिउँसो २ बजेपछि मात्रै निर्वाचन कार्यक्रम राखेको छ।

    समितिले आइतवार दिउँसो २ बजेदेखि मनोनयन कार्यक्रम तय गरेर त्यही राति ८ बजेदेखि मतदान कार्यक्रम तय गरेको छ। तर सकेसम्म निर्वाचनमा नजाने पक्षमा रहेका प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी र पदाधिकारीको नाम अध्यक्षमण्डलमार्फत हलमा प्रस्ताव गर्ने पहल गरिरहेका छन्।

    अब आइतवार दिउँसो २ बजे मात्रै निर्वाचन कार्यतालिका अघि बढ्नेछ। आइतवार पनि सहमतिबाट नेतृत्व घोषणा हुन नसकेको अवस्थामा भने नेतृत्व प्रक्रिया निर्वाचनमै जानेछ।

    कसरी छानिन्छन् ?  

    माओवादीले गरेको क्लस्टर विभाजन अनुसार १५४ जना समानुपातिक र १४५ खुलाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुने छन्। सहमति भए या निर्वाचनमा गए पनि मापदण्ड एकै हुनेछ।

    माओवादीले दलित, पिछडिएका क्षेत्र, खसआर्य, जनजाति, मधेसी, थारु, मुस्लिम र अपाङ्ग क्लस्टर विभाजन गरेको छ।

    माओवादीले त्यसलाई ‘इन्द्रेणी’ प्रतिनिधित्वको नाम दिएको छ। निर्वाचन आयोगका अनुसार शनिबार पारित भएको विधानअनुसार खुला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिने छ।

    यस्तै केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरिएको छ। कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेशी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर तय गरिएको छ।

    केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ।

    आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार समानुपातिकतर्फको खस आर्यतर्फ ४५ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend