बागलुङ, १८ पुस – नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको अध्यक्षमा गंगा कुमारी शर्मा चयन भएकी छन् । बागलुङ बजारमा सम्पन्न १२ औं जिल्ला अधिबेशनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
संगठनको उपाध्यक्षमा बालकृष्ण सापकोटा, सचिवमा कृष्ण भट्टराई, कोषध्यक्षमा झक बहादुर क्षेत्री, सह–सचिवमा नमकुमारी सापकोटा र सह–कोषाध्यक्षमा शान्ति ज्ञवाली चयन भएकाछन् । शनिवारबाट सुरुभएको अधिबेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
सदस्यहरुमा काठेखोला गाउँपालिकामा गुमानसिंह कुँवर, बरेङ गाउँपालिकाबाट मिलन थापा, ताराखोला गाउँपालिकाबाट दुर्गा बहादुर रोका, वडिगाड गाउँपालिकाबाट राजेन्द्र आचार्य, निसीखोला गाउँपालिकाबाट रिम प्रसाद पौडेल, तमानखोला गाउँपालिकाबाट अर्जुन पौडेल, चयन भएको छन् ।
यस्तै बागलुङ नगरपालिकाबाट केशव प्रसाद पौडेल र हरि प्रसाद शर्मा, जैमिनी नगरपालिकाबाट मिलन शर्मा, गलकोट नगरपालिकाबाट एक प्रसाद सापकोटा र ढोरपाटन नगरपालिकाबाट शिवलाल सुवेदी चयन भए ।
महिला सदस्यहरुमा कमलासिंह खत्री, ढालकुमारी पाण्डे, टिका कुमारी महत, राधाकुमारी शर्मा र कृपा पौडेल चयन भए । समावेशी सदस्यमा भविकला बुढा र लष्मी बि.क चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।