८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मन्त्री नै नवौं राष्ट्रिय खेलकुदको विपक्षमा ! ‘आलु खुवाएर खेलकुद गर्न मिल्दैन !’


विजय नेपाली
  • २० पौस २०७८ , मंगलबार

  • मन्त्री नै नवौं राष्ट्रिय खेलकुदको विपक्षमा ! ‘आलु खुवाएर खेलकुद गर्न मिल्दैन !’

    पोखरा, २० पुस – हरेक खेलाडीको एउटै इच्छा हुन्छ राष्ट्रिय टोलीबाट खेल्ने । उनीहरुको पहिलो लक्ष्य भनेकै राष्ट्रियस्तरको खेल खेल्ने हुन्छ । खेलाडी उत्पादन तथा उत्कृष्ट खेलाडी निकाल्न राज्यले नै राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दै पनि आएका छन् ।

    नेपालमा पनि प्रत्येक २÷२ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै आइरहेको छ । खेलाडीले २ वर्षसम्म निरन्तर राष्ट्रिय खेलकुद खेल्नकै लागि मेहेनत गरिहेको हुन्छन् । संघीयता कार्यान्वयनपछि गण्डकी प्रदेशले पहिलो पटक उक्त प्रतियोगिता गर्ने अवसर पाएको छ ।

    नवौ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता अघिल्लो वर्ष गर्ने तय भएपनि कोरोना महामारीका कारण स्थगित गरिएको थियो । नवौं गण्डकी प्रदेशमा हुने भएपछि खेलाडीदेखि विभिन्न सरोकारवाला निकायलेसमेत समर्थन गरिरहेका छन् । तर, प्रदेशकै खेलकुदमन्त्री भने यसको विरोधमा उभिएका छन् ।

    बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका स्वर्ण विजेता गण्डकीका ४ खेलाडीलाई सम्मान गर्ने कार्यक्रममा मन्त्री राजीव गुरुङ बजेट अभावका कारण नवौं राष्ट्रिय खेलकुद आयोजनाको औचित्य नरहेको दाबी गरेका हुन् ।

    ‘नवौं राष्ट्रिय खेलकुद किन काम छैन, किनकी हामीसँग बजेट नै छैन,’ उनले भने, ‘अब आलु खुवाएर खेलकुद गर्न मिल्छजस्तो लाग्दैन । अहिले यतिसानो कुरामा त हामीले थाहै नभएको कुरामा त डाइलग खान्छ भनेदेखि आलु खुवाएर खेलायो भने त मार्छ हामीलाई ।’ अब अहिले विभिन्न क्लब तथा संघ संस्थाले गरेको खेल कार्यक्रमले पर्यटनलाई पनि सघाउँदै आइरहेकोले सुनाए ।

    अभिभावकले नै त्यसो भन्दा हौसला गुम्यो: अरुणा शाही
    सरकार भनेकै हाम्रो सरकार हो । आफ्नो अभिभावकले नै बजेट छैन भन्दा हामीलाई कस्तो भयो होला ? यसले हौसला नै गुम्यो । निकै नरमाइलो लाग्यो । हामीलाई त जतिसक्दो प्रतियोगिता भइदियोस् भन्ने नै हो । सबै खेलाडीको इच्छा हुन्छ राष्ट्रिय खेलकुद खेल्ने । नयाँ खेलाडीले चान्स पाउने हो । हाम्रो गेम ‘इम्प्रुभ’ हुने हो । अब त्यो गेम नै काम छैन भन्दा त नरमाइलो नै लाग्यो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend