८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

माओवादी नेता वर्षमान पुन डिस्चार्ज, शुक्रबार नेपाल आउदै


जनमञ्च संवाददाता
  • २० पौस २०७८ , मंगलबार

  • माओवादी नेता वर्षमान पुन डिस्चार्ज, शुक्रबार नेपाल आउदै

    काठमाडौं, २० पुस – नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ९८ दिन लामो उपचारपछि डिस्चार्ज भएका छन् ।

    जन्डिस बिग्रिएका कारण स्वास्थ्यमा समस्या आएपछि सुरुमा थाइल्यान्ड गएका उनी थाइल्यान्डबाट रेफर भएर उपचारका चीन पुगेका थिए । चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलमा उपपचार गराइरहेका उनी आज डिस्चार्ज भएका हुन् ।

    उनी आउँदो शुक्रबार नेपाल फर्कने कार्यक्रम तय भएको छ । पुनका साथमा उनकी धर्मपत्नी ओनसरी घर्ती पनि गएकी थिइन् । उनी पनि शुक्रबार नेपाल फर्कनेछिन्।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुन दम्पती फर्किएपछि मात्र पदाधिकारी चयन गर्ने भन्दै केन्द्रीय कमिटी बैठक यही पुस २५ गतेका लागि सारेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend