९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

शेखर समूहको निष्कर्ष: ‘देउवाले पेलेर जान खोजे’


जनमञ्च संवाददाता
  • २० पौस २०७८ , मंगलबार

  • शेखर समूहको निष्कर्ष: ‘देउवाले पेलेर जान खोजे’

    काठमाडौं, २० पुस – नेपाली कांग्रेस नेता शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवाले आफूविरुद्धको मतलाई अपमान गरेर जान खोजेको निष्कर्षमा निकालेको छ ।

    समूहका नेताहरूको आज काठमाडौंको अनुपम फुडल्यान्डमा भएको छलफलबाट सभापति देउवाले शेखर समूहलाई पेलेर जान खोजेको निष्कर्ष निकालेको हो ।

    छलफलमा सहभागी एक नेताकाअनुसार सभापति देउवाले राष्ट्रिय सभाको निर्वाचनका लागि टिकट वितरण गर्दा आफूहरूले पाएको जनमतलाई बेवास्ता गरेको विषयमा छलफल गरिएको छ ।

    छलफलले सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गर्दा पनि जनमतको अपहेलना गर्न खोजेको तथा शेखर समूहलाई पेलेर अघि बढेको निष्कर्ष निकालेको छ ।

    छलफलमा सहभागी नेता बलबहादुर केसीले एकदमै अनौपचारिक कुराकानी भएको बताए । बुधबारका लागि समूहले समीक्षा बैठक बोलाएको भन्दै उनले सोही बैठकको तयारीको रूपमा लिनुपर्ने बताए ।

    शेखर समूले बुधबार २ बजे समूहको बैठक बोलाएको छ । बैठकमा समूहबाट केन्द्रीय समितिमा चुनाव लडेका १३३ जनासहित समर्थकहरूलाई बोलाइएको छ । यो बैठकले महाधिवेशनको समीक्षा गर्दै भाबी रणनीति तय गर्ने केसीले जानकारी दिए ।

    छलफलमा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरू अर्जुननरसिंह केसी, बलवहादुर केसी, उपसभापतिका उमेदवार डा. चन्द्र भण्डारी र महामन्त्रीका उमेदवार डा. मिनेन्द्र रिजालको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend