२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

उत्तर कोरियामा धनी र गरिब छुट्याउने क्यालेन्डर जारी


जनमञ्च संवाददाता
  • २१ पौस २०७८ , बुधबार

  • उत्तर कोरियामा धनी र गरिब छुट्याउने क्यालेन्डर जारी

    प्योङयाङ – उत्तर कोरियाली सरकारले समाजमा धनी र गरिब छुट्याउने क्यालेण्डर (भित्तेपात्रो) छापेको छ। नयाँ वर्ष सन् २०२२ सुरु भएसँगै सरकारले धनी र गरिब छुट्याउने गरी भिन्दाभिन्दै क्यालेण्डर छापेको हो।

    सरकारले नयाँ वर्षको लागि जारी गरेका नयाँ क्यालेण्डरमा धनी र गरिब वर्ग छुट्टिने गरी तस्बिर र सामग्री प्रयोग गरेको स्रोतले रेडियो फ्री एसियासँग बताएको छ। सरकारले जारी गरेका नयाँ क्यालेन्डरको मुख्य गरिबहरुले किन्न नसक्ने गरी तोकिएको बताइएको छ।

    ‘सरकारले जारी गरेका नयाँ क्यालेण्डरको मुख्य छोइनसक्नु छ। यहाँ क्यालेन्डर किन्न सक्ने मानिस भाग्यमानी नै हो,’ स्रोतले रेडियो फ्री एसियासँग भनेको छ। उत्तर कोरियामा विगतमा सरकारले वार्षिक उपहारस्वरुप आफ्ना प्रत्येक नागरिकलाई क्यालेण्डर बाँड्दै आएको थियो।

    गत वर्ष कोभिड-१९ का कारण क्यालेण्डर वितरणमा ढिलाइ हुँदा क्यालेण्डर हरेकको पहुँचमा नभएको बताइएको छ। यद्यपि यसवर्ष भने सरकारले धनी र गरिबको वर्ग छुट्याउने गरी क्यालेण्डर जारी गरेको भन्दै त्यहाँका नागरिक दुःखी भएको बताइएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend