१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026
अनेरास्ववियु गण्डकी प्रदेशको आन्दोलन

एक महिनापछि खुल्यो मणिपालको ताला, अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति


जनमञ्च संवाददाता
  • २२ पौस २०७८ , बिहिबार

  • एक महिनापछि खुल्यो मणिपालको ताला, अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति

    पोखरा, २२ पुस – बढी शुल्क असुलेको भन्दै काठमाडौं विश्वविद्यालय अन्तर्गत मेडिकल शिक्षा भइरहेको विराटनगरको नोबेल मेडिकल कलेजमा बुधबार विद्यार्थीले तालाबन्दी गरेका छन् । नोबेलमा तालाबन्दी भएकै दिन सोही विश्वविद्यालय अन्तर्गत पढाइ भइरहेको पोखरास्थित मणिपाल मेडिकल कलेजले भने विद्यार्थीसँग असुलेको अतिरिक्त शुल्क फिर्ता गर्ने भएको छ ।

    कलेजले कानुनविपरीत अतिरिक्त शुल्क उठाइरहेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियुले मंसिर २० देखि कलेज प्रशासनमा तालाबन्दी गरेको थियो । बुधबार आन्दोलनरत विद्यार्थी संगठन र प्रशासनबीच बुधबार बढी लिएको शुल्क फिर्ता गर्ने सहमति भएपछि तालाबन्दी खुलेको हो ।

    अनेरास्ववियु र कलेज प्रशासनबीच वार्ता भएको सहमतिअनुसार मणिपाल आयोगले तोकेको शुल्क कार्यान्वयन गर्न प्रतिबद्धतासहित कुनै पनि बहानामा अतिरिक्त शुल्क नलिने प्रतिबद्धता जनाएको छ । तर, प्रशासनले विद्यार्थीसँग हालै असुलेको अतिरिक्त भने तत्काल फिर्ता नगर्ने र अर्को वर्षको शुल्कमा मिलान गर्ने सहमति भएको छ । ‘लिइएको अतिरिक्त शुल्कलाई आगामी वर्षको शुल्कमा घट्ने गरी व्यवस्थापन गर्न प्रतिबद्ध छौं,’ सहमतिपत्रमा भनिएको छ ।

    अनेरास्ववियु गण्डकी संयोजक प्रकाश पौडेलले एक महिने लामो आन्दोलनपछि विद्यार्थीको हकअधिकार फिर्ता ल्याउन सकेको दाबी गरे । ‘यसबीचमा पनि हामी प्रशासनसँग पटकपटक वार्तामा बस्यौं । तर, कुनै सहमतिको टुंगोमा पुग्न सकेका थिएनौं,)उनले भने, ‘तर, अहिले प्रशासन विद्यार्थीको माग पूरा गर्न तयार भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका छौं ।’

    चिकित्सा शिक्षामा मनोमानी बढेको भन्दै चिकित्सा शिक्षा आयोगले २ वर्षअघि शुल्क निर्धारण गरेको थियो । उक्त नियमअनुसार एमबीबीएस पढ्न काठमाडौं उपत्यकाभित्र ४० लाख र उपत्यका बाहिर ४४ लाख रुपैयाँ तोकेको छ । तर, मणिपालले भने होस्टल, सेक्युरिटीलगायतका नाममा ६ लाख रुपैयाँ बढीसम्म असुल्दै आएको पाइएको थियो ।

    विभिन्न मेडिकल कलेजले होस्टल अनिवार्यलगायत विभिन्न बहानामा विद्यार्थीसँग अतिरिक्त शुल्क उठाइरहेको गुनासो बढेपछि चिकित्सा शिक्षा आयोगले पुस ९ गते एक सूचना जारी गरेर होस्टल र मेस अनिवार्य नगर्न मेडिकल कलेजहरुलाई जानकारी दिएको थियो ।

    बुधबार भएको सहमतिमा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक सिडिओ कृष्णचन्द्र पौडेल, पोखरा १६ का वडाध्यक्ष राजेश गुरुङ, विद्यार्थीहरु रितेशकुमार यादव र अनिल महतोको रोहबरमा प्रशासन र आन्दोलनरत विद्यार्थी संगठनबीच सहमति भएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend