२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026

एमाले बागलुङको सचिवमा भूषाल सर्वसम्मत, अध्यक्षमा ३ जनाको उम्मेदवारी


जनमञ्च संवाददाता
  • २४ पौस २०७८ , शनिबार

  • एमाले बागलुङको सचिवमा भूषाल सर्वसम्मत, अध्यक्षमा ३ जनाको उम्मेदवारी

    बागलुङ, २४ पुस – नेकपा एमाले बागलुङको नवौं जिल्ला अधिबेशनबाट सचिव पदमा बिष्णु भुसाल सर्वसम्मत चयन भएका छन् । शनिबार भएको मनोनयन दर्तामा सचिव पदका लागि भुसालको मात्रै मनोनयन दर्ता भएपछि उनी सर्वसम्म्त भएका हुन् । आठांै जिल्ला अधिवेशनवाट सचिवमा निर्वाचित लालवादुर थापा नेकपा एकिकृत समाजवादी गएपछि भूसाल सचिव भएका थिए ।

    पदाधिकारी र सदस्यका लागि आकांक्षीहरु धेरै भएपनि जिल्ला सचिवमा भुसालको मात्रै मनोनयन दर्ता भएको निर्वाचन समितिका संयोजक हरीप्रसाद शर्माले बताए ।
    पार्टीको जिल्ला अध्यक्ष पदका लागि भने ३ जनाको मनोनय परेको छ । काबा अध्यक्ष कृष्ण पाठक, प्रदेश कमिटी सचिवालय सदस्य हिरा बहादुर केसी र बडिगाड गाउँपालिका अध्यक्षसमेत रहेका एमाले नेता मेहरसिंह पाईजाले अध्यक्ष पदका लागि उमेद्वारी दर्ता गराएका छन् । उपाध्यक्ष पदमा लक्ष्मण पून र राम बहादुर जिसीरले उम्मेदवारी दर्ता गरेका छन् ।

    उप–सचिव पदका लागि भने ७ जनाको उमेद्वारी परेको छ । गलकोट नगरपालिका, ११ का वडा अध्यक्ष डम्मबर बहादुर श्रीष, काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछाने, ८ का अध्यक्ष चित्र कला छन्त्याल, बागलुङ नगरपालिका–९ का अध्यक्ष गणेश बहादुर थापा मगर, रामबहादुर जिसी र गणेश कुमार थापाले मनोनयन दर्ता गरेको निर्वाचन संयोजक शर्माले बताए ।
    खुल्ला सुदस्य २४ जनाका लागि ३० जनाको उमेद्वारी परेको छ । त्यस्तै महिला सदस्यमा १४ जनाका लागि १५ जनाको उमेद्वारी परेको शर्माले जानकारी दिए ।
    दलित, जनजाती र अल्पसंख्यक सदस्यका लागि पनि आवश्यकता भन्दा धेरैको मनोनयन दर्ता भएको छ । भुगोल सदस्यतर्फ जिल्लाको जैमिनी नगरपालिका, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट सर्वसम्मत सदस्य चयन भएका छन् । जैमिनी नगरपालिकाबाट भुगोल खुल्ला सदस्य तर्फ देवेन्द्र रेग्मी र अमृत सुवेदी सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

    नेकपा एमालेको नवौँ जिल्ला अधिवेनबाट भूगोल तर्फको सदस्यमा ताराखोला गाउँपालिकाबाट तीन जना मात्रै अकांक्षी देखिएका छन् । पालिका कमिटिले गरेको छलफलमा तीन जनाको मात्रै आकांक्षा रहेकाले भूगोलतर्फ ताराखोलाबाट सर्वसम्मत रुपमा सदस्य चयन भएका छन् । जिल्ला सदस्य भुगोल तर्फको आकांक्षीमा धनप्रसाद बुढा, हर्कबहादुर विक र टिकादेवी पुन रहेका छन् ।
    त्यस्तै भूगोल तर्फको सदस्यमा गलकोट नगरपालिकाबाट तीन जना सर्वसम्मत रुपमा चयन हुने नगर कमिटिले जनाएको छ । गलकोटबाट निर्वाचित हुन पाउने तीन जनाको कोटामा तीन जना मात्रै अकांक्षी छन् । फरिन्द्र थापा, पदम कार्की र मणिकर्ण परियारले सदस्यमा अकांक्षा राखेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend