९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

प्रचण्डलाई कोरोना भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा


जनमञ्च संवाददाता
  • २४ पौस २०७८ , शनिबार

  • प्रचण्डलाई कोरोना भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा

    काठमाडौं, २४ पुस – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार कोरोना पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेशनमा बसेका छन्।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शनिबारदेखि नै आइसोलेशनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड-१९  परीक्षण आइतबार गरिने भएको छ।

    प्रचण्डलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बसेका हुन्। दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए।

    प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरुसमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend