९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एकै दिन थपिए १४ सय ४६ संक्रमित, बढ्दै कोरोना ग्राफ


जनमञ्च संवाददाता
  • २६ पौस २०७८ , सोमबार

  • एकै दिन थपिए १४ सय ४६ संक्रमित, बढ्दै कोरोना ग्राफ

    काठमाडौं,२६ पुस – नेपालमा केही दिनयता कोरोना संक्रमितको ग्राफ ह्वात्तै उकालो लागेको छ। त्यसलाई निरन्तरता दिँदै पछिल्लो २४ घण्टामा एक हजार ४४६ जना कोरोना भाइरस संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिगत २४ घण्टामा थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ। नेपालमा हालसम्म कोरोन संक्रमणबाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०६ पुगेको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार यही अवधिमा निको हुनेको संख्या भने कम भएको छ। सोमबार २५५ जना मात्रै संक्रमण जितेर निको भएका छन्। मन्त्रालयले सोमबारसम्म देशभर ७ हजार ८५५ सक्रिय संक्रमित रहेको जनाएको छ।

    २४ घण्टायता मन्त्रालयले देशभर ८ हजार ९६५ पीसीआर र २ हजार ४६४ एन्टिजेन परीक्षण गरेको जनाएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend