८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

शिक्षामन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण


जनमञ्च संवाददाता
  • २६ पौस २०७८ , सोमबार

  • शिक्षामन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण

    काठमाडौं,२६ पुस – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड संक्रमण भएको पुष्टि भएको छ । रुघा र सामान्य खोकी लागेपछि उनले आज बिहान पीसीआर परीक्षण गरेका थिए ।

    अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रेस संयोजक विमल खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । मन्त्री पौडेल हाल होम आइसोलेसनमा बसेका छन् ।

    यस बिचमा उनको सम्पर्कमा रहेका सबै जनाले सजगता अपनाउँदै कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न उनको सचिवालयले अनुरोध गरेको छ । साथै, दैनिक हुने भेटघाटको कार्यक्रम पनि केही समयका लागि स्थगित भएको सचिवालयले जानकारी दिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend