९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

२५ वर्षीया आकृति बनिन् एमाले बागलुङको जिल्ला सदस्य


जनमञ्च संवाददाता
  • २६ पौस २०७८ , सोमबार

  • २५ वर्षीया आकृति बनिन् एमाले बागलुङको जिल्ला सदस्य

    बागलुङ, २६ पुस – यतिवेला देशमा विभिन्न राजनीतिक दलका अधिवेशनहरू चलिरहेका छन्। केही ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालगायतका राजनीतिक दलले केन्द्रीय अधिवेशन टुंग्याएका छन्। नेकपा एमालेको भने यतिवेला जिल्ला अधिवेशन भैरहेको छ। जिल्ला अधिवेशन चलिरहँदा विभिन्न उमेर समूहका नेता तथा कार्यकर्ताहरूले आफूलाई नेतृत्वमा स्थापित गर्नका लागि खटिरहेका छन्। पार्टीको महत्वपूर्ण पदमा पुग्नका लागि कपाल फुलाउने कैयौँ नेता तथा कार्यकर्ता  पनि धेरै छन्।

    विभिन्न पार्टीभित्र हुने पदको दौडमा कतिपय सफल हुन्छन् त कतिपय असफल। कतिपय चाहेको पदमा नपुग्दै राजनीतिबाट किनारा लाग्न पुग्छन्। नेतृत्वमा पुग्ने दौडमा बाग्लुङको गलकोट नगरपालिका-२ की २५ वर्षीया आकृति भण्डारीले भने छोटो समयमा नै राजनीतिक सफलता हासिल गरेकी छिन्। युवा उमेरमै भण्डारी नेकपा एमाले बाग्लुङको जिल्ला सदस्यमा सर्वसम्मत निर्वाचित भएकी छिन्। २० वर्षको उमेरमा एमालेको जनवर्गीय संगठनको रूपमा रहेको युवा संघको सदस्यता लिएर आफ्नो राजनीतिक यात्रा सुरु गरेकी भण्डारी पाँच वर्षमै जिल्ला तहको नेतृत्वमा आफूलाई स्थापित गर्न सफल भएकी हुन्। उनी जिल्लामै कान्छी सदस्य हुन्।

    पाँच वर्ष पहिले नेकपा एमालेको जनवर्गीय संगठन युवा संघबाट औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेकी भण्डारी खेलकुद महासंघको केन्द्रीय सदस्य, प्रदेश खेलकुद परिषद्को कार्यसमिति सदस्य र पार्टीको जनवर्गीय संगठनमा रहेर हरेक क्रियाकलापमा सक्रिय भूमिका खेलेकी छन्। पार्टीभित्रका संगठनबाहेक बाग्लुङ जेसिसको कार्यकारणी उपाध्यक्ष र अन्य विभिन्न सामाजिक संस्थामा रहेर पनि थुप्रै काम गरेकी भण्डारीले नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित भएकी हुन्।

    ‘पार्टीभित्र कुनै तहमा बसेर काम नगरे पनि लामो समयदेखि हरेक गतिविधिलाई नियाल्दै आएको छु। पछिल्लो समयमा हरेक राजनीतिक दलमा युवाको आर्कषण बढ्दै गएको छ,’ भण्डारीले भनिन्, ‘नेकपा एमालेमा पनि अब युवाहरूको नेतृत्व खाँचो देखेँ अनि जिल्ला सदस्य बन्ने निधो गरेँ, सर्वसम्मत नै जिल्ला सदस्यमा निर्वाचित भएँ। उनले अब पार्टीभित्र युवाहरूका मुद्दालाई अगाडि सारेर उनीहरूका मुद्दालाई स्थापित गर्न लाग्ने बताइन्। भण्डारी जिल्ला सदस्य महिला खुला पदमा निर्वाचित भएकी हुन्।  एमाले बाग्लुङको अध्यक्षमा हिराबहादुर केसी निर्वाचित भएका छन्। केसीसँगै अधिकाशं पदाधिकारी र सदस्यहरू पनि युवा नै निर्वाचित भएका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend