९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

स्याङ्जा एमाले अध्यक्षमा पारस निर्वाचित


जनमञ्च संवाददाता
  • २७ पौस २०७८ , मंगलबार

  • स्याङ्जा एमाले अध्यक्षमा पारस निर्वाचित

    स्याङ्जा, २७ पुस – नेकपा एमाले स्याङ्जाको आठौं अधिवेशनबाट सूर्यप्रसाद गैह्रे(पारस) विजयी भएका छन्। मंगलबार सम्पन्न मतगणना अनुसार प्रतिस्पर्धी नारायणप्रसाद मरासीनीलाई १ सय ८३ मतले पछि पार्दै विजयी भएका हुन्।

    गेैह्रेले ४ सय ४० मत पाए भने मरासिनीले २ सय ५७ मत पाएका छन्। यसैगरी उपाध्यक्षमा कृष्ण खाँण निर्बिरोध विजयी भए। सचिवमा राजेन्द्र डुम्रेले ३ सय ९४ र उपसचिवद्धयमा विश्व पौडेलले ३ सय ९५ र तारा शर्माले ३ सय ७३ मतसहित निर्वाचित भएका छन्।

    सचिवका प्रत्यासी भूपराज अधिकारीले २ सय ८०, उपसचिवका प्रत्यासी सन्तोष केसी र जीवन पौडेलले क्रमशः ३ सय ४६ र १ सय ५८ मत पाएका छन्। पाँच पदाधिकारीसहित १ सय ५ पदका लागि १ सय ४३ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा थिए। दुई समूहबीच भएको चुनावी प्रतिस्पर्धामा उपसचिव पदका उम्मेदवार विश्व पौडेल बाहेक अरु सबै गैह्रे पक्षधरका पदाधिकारी निर्वाचित भएका हुन्।

    अन्य पदको मतगणना जारी छ। जिल्लामा ७ सय ९ प्रतिनिधी भए पनि सोमबार भएको मतदानमा ६ सय ९८ मत खसेको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend