९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमालेको प्रदेश अधिवेशन सर्‍यो, माघ २८ र २९ गते हुने


जनमञ्च संवाददाता
  • २७ पौस २०७८ , मंगलबार

  • एमालेको प्रदेश अधिवेशन सर्‍यो, माघ २८ र २९ गते हुने

    काठमाडौं, २७ पुस – नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ। एमालेले नेपालमा कोरोना संक्रमण दर ह्वातै बढेपछि गृह मन्त्रालयले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था गरेपछि प्रदेश अधिवेशन सारेको हो। माघ ८ गतेका लागि तोकिएका एमालेका प्रदेश अधिवेशनहरू माघ २८ र २९ गतेका लागि सारिएको प्रचारविभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

    एमालेले यसबारे प्रदेशमा सर्कूलर जारी गरिसकेको छ। एमालेले सबै प्रदेशमा माघ ८ गते प्रदेश अधिवेशन तोकेको थियो। एमालेको पौष २३ गते तोकिएको जिल्ला अधिवेशन अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन गर्दै सकिएकको छ।

    गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गर्दै कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेका सिफारिसहरु कार्यान्वयन गर्न निर्देशन दिएको छ।  मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुनेगरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने। अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने र अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्ने। ‘

    जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाई गर्न समेत सक्ने समेत गृह मन्त्रालयको निर्देशनमा उल्लेख छ। त्यस्तै, सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्ने र ति निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन पनि भनेको छ। मन्त्रालयले माघ ७ गतेदेखि उक्त व्यवस्था लागू गर्न भनेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend