काठमाडौं, २७ पुस – पछिल्लो २४ घन्टामा थप दुई हजार चार सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६ सय ४८ जनामा पिसिआर र चार हजार तीन ८५ जनामा एन्टिजेन गरी १५ हजार ३३ जनामा कोरोना परीक्षण गरिएको थियो। संक्रमणका कारण २४ घन्टामा थप एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आज देखिएको तथ्यांक सोमबार देखिएको तथ्यांकभन्दा झन्डै दोब्बर हो। सोमबार एक हजार चार सय ४६ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै, पछिल्लो २४ घन्टामा तीन सय १३ जना संक्रमित निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या नौ हजार पाँच सय २२ जना रहेको छ।