बागलुङ, २७ पुस – बागलुङ नगरपालिकाले कोरोना संक्रमणको त्रास फैलिएको भन्दै पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले मंगलबार सूचना जारी गर्दै नगरपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्यालयलाई आगामी माघ १५ गतेसम्म बन्द गर्न अनुरोध गरेका छन् । पोखरेलले पूर्व निर्धारित परीक्षा पूर्ण सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न आग्रह गरेका छन् ।
