१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

लखनको शालिकमुनि पृथ्वीको नाममा दीयो !


विकास मगर
  • २८ पौस २०७८ , बुधबार

  • लखनको शालिकमुनि पृथ्वीको नाममा दीयो !

    पोखरा, २८ पुस – शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३ सयऔं जन्मजयन्तीका अवसरमा मंगलबार साँझ पोखरामा दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले शाहको नाममा गरिएको दीप प्रज्वलन त ग¥यो । तर, नेपालका प्रथम सहिद लखन थापाको शालिकमुनि !

    सहिद लखन थापाको शालिकमुनि किन पृथ्वीनारायाण शाहको नाममा दीयो बालियो त ? यसको भित्री कारण भने अर्कै छ ।
    पृथ्वीराजमार्ग अन्तर्गत पर्ने उक्त ठाउँमा हाल लखन थापाको शालिक ठड्याइएको भए पनि चोकको नाम पृथ्वीचोकबाटै परिचित छ । जनआन्दोलन ०६२÷६३ मा माओवादीले पृथ्वीनारायण शाहको शालिक ढाल्दै लखन थापा चोक नामाकरण ग¥यो ।

    तर, स्थानीय चुनावपछि पोखरा महानगरले ०७४ असोज ९ गते रातारात डोजर चलाएर थापाको शालिक ढाल्यो । चोकले ठूलो भूभाग ओगटेको र ट्राफिक जाम बढेको भन्दै आइल्यान्ड चख्ल्याउन महानगरले चोक भत्काएको मेयर जिसीले तर्क अघि सारेका थिए ।

    तर, मगर संघसहितका विभिन्न जनजाति समुदाय महानगरले शालिक ढालेर आफूहरुको अपमान गरेको भन्द नाराबाजी गरेका थिए । उनीहरुले महानगरले पुनः लखनको शालिक नठड्याए आफैं निर्माण गर्ने चेतावनी दिएपछि महानगर पछि स¥यो ।
    भत्काएको २४ घन्टाभित्रै त्यहाँ सहिद लखन थापाकै शालिक राख्ने सहमति भयो । तर, तत्कालै क्षत्री समाजले भने उक्त सहमतिको विरोध गरेको थियो । महानगरमै अनसन बस्न पुगेका आन्दोलित क्षत्री समाजसँग मेयर मानबहादुर जिसीले फेरि त्यहाँ कुनै शालिक नराख्ने अर्को सहमति गरे ।

    एकै पटक दुईथरि सहमति गरेपछि विवाद झन् चर्किएको थियो । दुवै पक्षको मन बुझाउन महानगरले अर्को उपाय निकाल्यो, पोखराकै सराङकोट, जामुनबोटमा सहिद पार्क निर्माण गर्ने र पोखरा उपत्यकामा भएका सबै सालिक त्यहाँ लगेर राख्ने ।
    महानगरको उक्त निर्णय पनि लामो समय कार्यान्वयनमा आउन सकेन । फलस्वरुप मगर समुदायको अगुवाइमा पुनः ०७५ फागुन १ गते रातारात लखन थापाको शालिक उभ्याइयो । हाल महानगरले योजनामुताविक सराङकोटमा सहिद पार्क बनाइसकेको छ । तर, जनजाति समुदायबाट विरोध हुने भएकाले पृथ्वी÷लखन थापा चोकबाट शालिक हटाउन भने सकेको छैन ।

    मंगलबार सोही चोकमा रहेको लखन थापाको शालिकमुनि राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको नेतृत्वमा पृथ्नीनारायण शाहको जन्मजयन्तीका अवसरमा दीप प्रज्वलन गरिएको हो । संगठनका कास्की उपाध्यक्ष मनिष केसीले आफूहरु पृथ्वीचोकमा पृथ्वीनारायणकै शालिक राख्ने पक्षमा रहेको बताएका छन् । उनले हाल रहेको लखन थापाको शालिकलाई हटाउनुपर्ने जिकिर गरे ।

    ‘यो चोकमा पृथ्वीनारायणकै शालिक राख्नुपर्छ । उहाँकै सम्झनामा हामीले दीप प्रज्वलन गरेका हौं,’ उनले भने, ‘बरु त्यहाँबाट लखन थापाको शालिक ससम्मान सहिद पार्कमा लैजानुपर्छ ।’ केसीले आफूहरु पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राख्न पहल गरिरहेकोसमेत सुनाए ।

    पोखरा १८ सराङकोट, जामुनबोटमा बनाइएको सहिद पार्कले ५६ रोपनी जग्गामा ओगटेको छ । हाल उक्त पार्कमा पृथ्वीनारायण शाह र दिवंगत पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पूर्णकद, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल अमात्य, जनआन्दोलन ०६२÷६३ का प्रथम सहिद भीमसेन दाहाल, सहिद योगेन्द्रमान शेरचनलगायतको अर्धकदको शालिक स्थापना गरिएको छ ।

    सहिद पार्क बनाउन हालसम्म २ करोड रुपैयाँ खर्च भइसकेको पार्क संरक्षण, व्यवस्थापन सदस्य सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । योजनामुताबिक पोखराका अन्य शालिकहरु किन स्थानान्तरण नगरिएको ? उनी भन्छन्, ‘सोचेरमात्रै पनि नहुँदो रहेछ । यसमा सम्बन्धित निकायले नै अग्रसर हुनुपर्ने रहेछ ।’

    सदस्य सचिव तिमिल्सिनाले यस वर्ष महानगरले बजेट नछुट्याएका कारण पनि शालिकहरु स्थानान्तरण गर्न ढिलाइ भइरहेको जानकारी दिए । ‘अहिले पार्कको टिकटका लागि २ करोडको ठेक्का गएको छ । त्यसको आम्दानीले अरु काम गर्न सहज हुने विश्वास लिएका छौं,’ उनले भने । पृथ्वीचोकमा रहेको लखन थापाको शालिक स्थानान्तरण गर्न पनि महानगर कार्यपालिका बैठकबाटै निर्णय भए सहज हुने उनको भनाइ थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend