काठमाडौं, २८ पुस – पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पिसिआर र एन्टिजेन गरी १३ हजार ३६ जनामा परीक्षण गरिएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन्।
सोही अवधिमा २ सय ७८ जना कोरोनामुक्त भएका छन् भने थप दुईजनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।