८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

सभा, सम्मेलन, मेला र महोत्सव गर्न बागलुङ प्रशासनले लगायो रोक


जनमञ्च संवाददाता
  • २८ पौस २०७८ , बुधबार

  • सभा, सम्मेलन, मेला र महोत्सव गर्न बागलुङ प्रशासनले लगायो रोक

    बागलुङ, २८ पुस – कोरोना संक्रमण दर बढेसंगै जिल्ला प्रशासन कार्यालय बागलुङले सभा, सम्मेलन, मेला र महोत्सव गर्न रोक लगाएको छ । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकले २५ जनाभन्दा धेरै भेला हुने कार्यक्रममा रोक लगाएको हो ।

    धार्मिक, सांकृतिक र नियमित रुपमा हुने गोष्ठि बैठक, तालिमहरु सञ्चालन गर्दासमेत २५ जना धेरै जम्मा नहुनेगरी जिल्ला प्रशासनको अनुमति लिनुपर्ने आदेश प्रशासनले जारी गरेको छ । सबै पेशा व्यवसाय समेत स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै सञ्चालन गर्न आदेश गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बुधवार आदेश जारी गर्दै चलचित्र घरहरुलाई अनलाईनबाट टिकट बुकिङ गर्न, सवारी चालक अनुमति पत्रको फाराम अनलाईनमार्फत भर्न र सबै ठाउँमा स्वास्थ्य मापदण्ड पालना गर्न भनेका छन्। विगतमा सञ्चालनमा रहेका आईसोलेसन तयारी अबस्थामा राख्न, औषधी पसल चौबिसैघण्टा खुल्ला राख्न पनि आदेश गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend