९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सिंहदरवार प्रवेशमा जारी गरिएका सबै प्रवेश पास खारेज


जनमञ्च संवाददाता
  • २८ पौस २०७८ , बुधबार

  • सिंहदरवार प्रवेशमा जारी गरिएका सबै प्रवेश पास खारेज

    काठमाडौं, २८ पुस – कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सिंहदरवार प्रवेशमा कडाइ गर्ने भएको छ। गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै हालसम्म भएका सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने जनाएको छ।

    अस्थायी वा स्थायी परिचयपत्र बनाउनुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने निर्णय गरेको छ। त्यस्तै सरसफाई गर्ने कर्मचारीको हकमा पुरानै पास र पत्रकारहरुको हकमा सूचना विभागबाट जारी भएको पासले सिंहदरबारभित्र प्रवेश गर्न पाउने बताइएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend