१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

एकै दिन थपिए पाँच हजार कोरोना सङ्क्रमित


जनमञ्च संवाददाता
  • ३० पौस २०७८ , शुक्रबार

  • एकै दिन थपिए पाँच हजार कोरोना सङ्क्रमित

    काठमाडौं, ३० पुस – कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको छ। आज शुक्रबार पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, २० हजार ५६० जनाको स्वाब परीक्षण गर्दा पाँच हजार ८७ जनामा सङ्क्रमण देखिएको हो। बिहीबार तीन हजार ५५३ जनामा सङ्क्रमण देखिएको थियो।

    शुक्रबार सङ्क्रमण पुष्टि भएकामध्ये १३ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा चार हजार २०४ जनामा र सात हजार ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८८३ जनामा कोरोना देखिएको हो।

    पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६१३ पुगेको छ।

    यस्तै, शुक्रबार ३०६ जना निको भएका छन्। निको हुनेको सङ्ख्या पनि आठ लाख १५ हजार ६५३ पुगेको छ।

    देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर १८ हजार २३५ पुगेको छ। बिहीबार सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३४० थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend