२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

डब्लुएचओले सुझायो कोभिड-१९ का दुई औषधि


जनमञ्च संवाददाता
  • १ माघ २०७८ , शनिबार

  • डब्लुएचओले सुझायो कोभिड-१९ का दुई औषधि

    काठमाडौं, १ माघ – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोभिड-१९ सङ्क्रमितको उपचारमा दुई नयाँ औषधि चलाउन सुझाव दिएको छ।

    डब्लुएचओले शुक्रबार गम्भीर तथा सामान्य कोरोनाका बिरामीलाई उपचार गर्न छुट्टाछुट्टै दुई वटा औषधि प्रयोग गर्न सुझाव दिएको हो।

    डब्लुएचओले गम्भीर प्रकारको सङ्क्रमण भएका बिरामीलाई ‘ब्यारिसाइटिनिभ’ र सामान्य वा मध्य सङ्क्रमण भएका बिरामीलाई ‘सोट्रोभिम्याब’ औषधि प्रयोग गर्न सकिने बताएको छ।

    ब्यारिसाइटिनिभ  खाने औषधि हो ।

    त्यस्तै, सोट्रोभिम्याब–मोनोक्लोनल एन्टिबडी ड्रग सामान्य कोरोना तथा मध्य सङ्क्रमित जो अस्पतालमा भर्ना हुन सक्ने खतरामा हुन्छन्, त्यस्ता व्यक्तिलाई चलाउन सकिनेछ।

    ज्येष्ठ नागरिक, विभिन्न दीर्घरोग भएका– उच्च रक्तचाप, मधुमेह, मोटोपन, रोगसँग लड्ने क्षमता नभएका तथा खोप नलगाएकाहरूलाई यो औषधि प्रयोग गर्न सकिने जनाइएको छ।

    यो औषधिको प्रयोगले ओमिक्रोन भेरियन्ट विरुद्ध एन्टिबडी पनि उत्पादन हुने तथ्य बाहिरिएको छ।

    डब्लुएचओले चार हजार बिरामीमा परीक्षण गरी औषधि प्रयोग गर्न मिल्ने सुझाव दिएको हो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend