१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

नेपालले अफगानिस्तानमा मानवीय सहायता पठाउने


जनमञ्च संवाददाता
  • १ माघ २०७८ , शनिबार

  • नेपालले अफगानिस्तानमा मानवीय सहायता पठाउने

    काठमाडौं, १ माघ – नेपालले संकटग्रस्त अफगानिस्तानमा मानवीय सहायता पठाउने भएको छ। परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीको नेतृत्वमा एक टोली सरकारका तर्फबाट मानवीय सहयोग हस्तान्तरणका लागि आइतबार बिहान काबुल जाने भएको छ।

    मानवीय सहायता लिएर हिमालय एयरलाइन्सको चार्टड विमान काबुल जाने भएको हो। परराष्ट्रमन्त्री डा. नारायण खड्काले मानवीय सहायता पठाउने निर्णय लिएका हुन्।

    मन्त्रालयका अनुसार लत्ताकपडा र औषधि लगायत मानवीय सहायता सामग्री पठाउन लागिएको हो।

    मन्त्री खड्काले काबुल सहायता मिसनबारे जानकारी दिन आइतबार बिहान त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दैछन्।

    नेपालले अन्य मुलुकबाट संकटका समयमा मानवीय सहायता लिने गरेको छ। यदाकदा अन्य मुलुकमा पनि संकटका बेला मानवीय सहायता पठाएको छ।

    परराष्ट्र मन्त्रालयकी प्रवक्ता तथा संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख सेवा लम्सालको नेतृत्वमा टोली अफगानिस्तान जानेछ। टोली आइतबार साँझ नै स्वदेश फर्किने मन्त्रालयले जनाएको छ।

    नेपाली टोलीले काबुलस्थित संयुक्त राष्ट्रसंघीय वरिष्ठ अधिकारीलाई मानवीय सहायता सामाग्री हस्तान्तरण गर्नेछ।

    गत अगस्टमा अफगानिस्तानमा तालिवान सत्तामा आएयता विभिन्न मुलुकले मानवीय सहायता सामाग्री पठाइरहेका छन्। एक महिनाअघि भारतले अफगानिस्तानमा राहत सामाग्री पठाएको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend