९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनाव गराउने जिम्मा शेष घलेलाई


जनमञ्च संवाददाता
  • १ माघ २०७८ , शनिबार

  • गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनाव गराउने जिम्मा शेष घलेलाई

    काठमाडौं, १ माघ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले महाधिवेशन गराउने जिम्मेवारी पूर्वअध्यक्ष शेष घलेलाई दिएको छ । महाधिवेशन प्रतिनिधि चयनमा देखिएको विवाद बढ्दै गएको अवस्थामा एनआरएनएले एनआरएनए संरक्षक परिषद् अध्यक्ष घलेलाई उक्त जिम्मेवारी दिइएको हो।

    एनआरएनएले नयाँ नेतृत्व चयनका लागि हुने दसौँ महाधिवेशन सम्पन्न गर्न घले संयोजक रहेको सात सदस्यीय समिति बनाएको छ। घले नेतृत्वको समितिमा समितिमा पूर्वअध्यक्षहरू र हालका अध्यक्ष कुमार पन्तलाई पनि राखिएको छ।

    संघको ८१ औं आइसीसी पूर्ण बैठकले एनआरएनएको विवाद समाधान र अधिवेशन गर्न प्रमुख संरक्षक घलेको संयोजकत्वमा शनिबार ७ सदस्यीय समिति बनाएको हो।

    समिति सदस्यमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र पन्तलाई राखिएको हो।

    बैठकले अहिले जारी विवादलाई टुंगोमा पुर्याउँदै सबैजना मिलेर यसलाई सबै गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा स्थापित गर्ने कुरामा पनि जोड दिएको छ। घलेलाई अघि सार्दा अहिलेको विवाद निरुपण हुने निचोड पनि संघको छ।

    यो बैठकबाट संघको दसौँ महाधिवेशन र आइसीसी निर्वाचन कार्यतालिकाको पनि टुंगो गरेको छ।

    बैठकले यही फेब्रुअरी २८ मा आइसीसीको निर्वाचन गराउन जनवरी २६ भित्र महाधिवेशन प्रतिनिधिको नामावली संरक्षक परिषदमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने कुराको पनि निर्णय लिएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend