९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

यस्ता व्यक्तिले पाउदैछन् आजदेखि कोरोनाविरुद्ध बुस्टर डोज खोप (पत्रसहित)


जनमञ्च संवाददाता
  • २ माघ २०७८ , आइतबार

  • यस्ता व्यक्तिले पाउदैछन् आजदेखि कोरोनाविरुद्ध बुस्टर डोज खोप (पत्रसहित)

    काठमाडौं, २ माघ – आज माघ २ गतेदेखि अग्रपंक्तिमा खटिनेहरूलाई सरकारले कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाउँदै छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अग्रपंक्तिमा खटिनेहरूलाई आज माघ २ गते र ६० वर्षभन्दा माथि उमेरका नागरिकलाई माघ १४ गते बुस्टर डोज खोप लगाउन सुरु गर्न लागिएको हो।

    यसका लागि मन्त्रालयले शुक्रबारै सबै प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र पठाई निर्देशन दिइसकेको छ।

    पहिला जुन कम्पनीको खोपको पूरा मात्रा लगाएको हो, बुस्टर डोज दिँदा पनि त्यही खोप दिन भनिएको छ। पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भइसकेकालाई मात्र बुस्टर डोज दिइने मन्त्रालयले जनाएको छ।

    खोपको पूरा मात्रा लगाइसकेर पनि थप (अतिरिक्त) खोप लगाउनुलाई बुस्टर डोज भनिन्छ। यसो गर्दा कोरोना संक्रमणको जोखिम कम गर्न सकिने विज्ञहरूको भनाइ छ।

    हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको पत्र:

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend