९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

अपुरो माओवादी पदाधिकारी, गुटबन्दी र कोरोनाले सकस !


जनमञ्च संवाददाता
  • २ माघ २०७८ , आइतबार

  • अपुरो माओवादी पदाधिकारी, गुटबन्दी र कोरोनाले सकस !

    माओवादी स्रोतका अनुसार गंगा पोखरेललाई महानगर कमिटी अध्यक्ष हुन नदिन आयोगको अध्यक्ष तोकिएको हो । उनले अध्यक्षको दावेदारी भने अझै छाडेका छैनन् ।

    पोखरा, २ माघ – नेकपा माओवादी केन्द्रको पहिलो पटक वडा तहदेखि केन्द्रसम्मको महाधिवेशन सकिएको छ । महाधिवेशनले केन्द्रीय कमिटीमा अध्यक्षमा फेरि प्रचण्डलाई सर्वसम्मत चयन गरेको गरिसकेको छ, तर पदाधिकारी तोक्न सकेको छैन ।

    महासचिवमा नेतात्रय देव गुरुङ, जनार्दन शर्मा र वर्षमान पुनको दाबीका कारण पदाधिकारी तोक्न ढिलाइ भएको माओवादी कार्यकर्ताहरुको बुझाइ छ । केन्द्रीय कमिटीकै नेताहरुलाई कोभिड संक्रमण भएकाले पदाधिकारी चयन गर्न समस्या भएको नेताहरुले बताउँदै आएका छन् । तर, कोभिड भन्दा पनि गुटबन्दी बढी हावी हुन थालेको कार्यकर्ताहरु बताउँछन् । यस्तै दृश्य पोखरा महानगरसहित पालिका कमिटीहरुमा पनि देखिएको छ ।

    केन्द्रीय महाधिवेशन सकिँदासमेत माओवादीले कार्यकारी कमिटीका रुपमा व्याख्या गरेको पोखरा महानगर कमिटीको पदाधिकारी चुन्न सकेको छैन । यस्तै, कास्कीको रुपा गाउँपालिका अध्यक्ष मात्र चयन भएको छ भने बाँकी पदाधिकारी टुंगिएको छैन । अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा पनि पदाधिकारी चयन हुन सकेका छैनन् ।

    पदाधिकारीका आकांक्षीले दाबी छाड्न नसक्दा सर्वसम्मत चयन गर्न गाह्रो भएको नेताहरुले बताउँदै आएका छन् । कार्यसमिति सदस्य छनौट भए पनि पदाधिकारी चुन्न नसक्दा बैठक समेत बस्न सकेको छैन । माओवादी विधानले नेतृत्वमा सहमति नभए कार्यसमितिमा निर्वाचित सदस्यहरुबाट पदाधिकारी चुन्ने व्यवस्था गरेको छ ।

    कास्कीका पालिकाहरुमा पदाधिकारी चुन्न नेताहरुको गुटबन्दी बाधक बनेको स्थानीय कार्यकर्ताहरुले बताएका छन् । पोखरा महानगर कमिटी अध्यक्षका लागि गंगा पोखरेल र कृष्ण गिरी आकांक्षी छन् । पोखरा महानगर कमिटीमा ९९ जना रहेका छन् ।
    महानगर कमिटी अध्यक्षको दावेदार पोखरेललाई सरकारले शुक्रबार भूमी आयोगको कास्की जिल्ला अध्यक्ष तोकेको छ ।

    उनले नियुक्ति पत्रसमेत बुझेका छन् । माओवादी स्रोतका अनुसार पोखरेललाई महानगर कमिटी अध्यक्ष हुन नदिन आयोगको अध्यक्ष तोकिएको हो । उनले अध्यक्षको दावेदारी भने अझै छाडेका छैनन् ।

    पोखरेललाई माओवादी केन्द्रिय सदस्य राजकाजी गुरुङ ‘करण’ र रामजी बरालको समर्थन छ भने अध्यक्षकै अर्का आकांक्षी गिरीलाई दीपक कोइराला र पूर्व जिल्ला अध्यक्ष बखानसिंह गुरुङको समर्थन छ ।

    केन्द्रमा महासचिवका लागि भिडिरहेका बर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’को प्रतिश्पर्धा प्रष्ट देखिएको ति कार्यकर्ताले बताए । बर्षमानपक्षमा करण र रामजी रहेका छन् भने जनार्दनको पक्षमा कोइराला र गुरुङ रहेका छन् । केन्द्रमा देखिएको गुट विभाजन कास्कीम पनि देखिँदा पालिकाहरुमा पदाधिकारी चयन गर्न समस्या भएको छ ।

    माओवादी केन्द्रका केन्द्रिय सदस्य करणले आफुहरुले कुनै गुटबन्दी नगरेको दाबी गरे । पदाधिकारी चयन गर्न कोभिड–१९ ले बाधा पु¥याएको उनले बताए । माओवादी केन्द्रले प्रदेश अधिवेशनमार्फत नयाँ कमिटी गठन गरेपनि पदाधिकारी टुङ्गिएको छैन । प्रदेश अध्यक्षमा गायत्री गुरुङलाई चयन गरेको छ । उपाध्यक्षसहित पदाधिकारी टुङ्ग्याउन गुटबन्दी नै बाधक भएको माओवादी कास्कीका एक नेताले बताए ।

    अहिले प्रदेश अध्यक्ष गुरुङ कोभिड संक्रमित भएर आइसोलेसनमा छन् । गण्डकी प्रदेश सांसद समेत रहेकी गुरुङले केन्द्रिय महाधिवेशन सकिएपछि प्रदेश कमिटीको पदाधिकारी टुंगिने दाबी गरेकी थिइन् । माओवादीले जिल्ला कमिटीलाई कार्यकारी अधिकार दिएको छैन ।

    राज्य संरचना जस्तै जिल्ला कमिटीलाई समन्वय समितिमा खुम्च्याएको माओवादीले जिल्ला संयोजक प्रदेश कमिटीले तोक्ने व्यवस्था गरेको छ । प्रदेश कमिटीका पदाधिकारी टुङ्गिन नसक्दा जिल्ला समन्वय कमिटी बनाउन नसकेको माओवादीले जनाएको छ । ‘प्रदेश कमिटी नै बनिसकेको छैन, पालिका कमिटीमा पदाधिकारी टुङ्गिएको छैन, यस्तो अवस्थामा कसरी जिल्ला संयोजक तोक्न सक्ला र,’ माओवादीका नेताले भने ।

    माओवादी गण्डकीका अध्यक्ष गायत्री गुरुङ ‘कुसुम’ कोभिड संक्रमित भएर घरमै आइसोलेसनमा छिन् । पालिका कमिटीका पदाधिकारी, जिल्ला समन्वय संयोजक र प्रदेश पदाधिकारी आफु निको भएपछि मात्र टुङ्ग्याउने उनले बताइन् । ‘पहिला त निको हुनुप¥यो, त्यसपछि प्रदेश कमिटीको पदाधिकारी र जिल्ला समन्वय संयोजक तोक्छौं,’ उनले भनिन्, ‘स्थानीय कमिटीको पदाधिकारी चयन गर्न पनि हामी समन्वय गछौं ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend