९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
अर्थमन्त्रीको निर्देशनले काम गरेन

६ महिनामा साढे १३ प्रतिशतमात्रै विकास खर्च


जनमञ्च संवाददाता
  • २ माघ २०७८ , आइतबार

  • ६ महिनामा साढे १३ प्रतिशतमात्रै विकास खर्च

    काठमाडौं, २ माघ – अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयहरुलाई पुस मसान्तसम्म ३० प्रतिशत खर्च गर्न पटक–पटक आग्रह गरे पनि साढे १३ प्रतिशत मात्रै विकास खर्च भएको छ।

    पुस २ गते विकासे मन्त्रालयबीच पुँजीगत खर्चसम्बन्धी छलफलमा ३० प्रतिशत खर्च गर्न नसके बजेट रकमान्तर गर्ने बताएका थिए।

    समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको बताउँदै विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न मन्त्री शर्माले ताकेता गर्दा पनि पर्याप्त मात्रामा खर्च हुनसकेको छैन।

    महालेखा परीक्षक नियन्त्रक कार्यलयको तथ्यांकअनुसार आर्थिक वर्षको ६ महिना सकिँदा साढे १३ प्रतिशत मात्रै खर्च भएको छ।

    आर्थिक वर्षको आधा समय सकिँदा ५० अर्ब रुपैयाँ खर्च मात्र भएको हो।

    चालू आर्थिक वर्षमा ३ खर्ब ७८ अर्ब चालू खर्च गर्ने अनुमान गरेकोमा १३.४४ प्रतिशत खर्च भएको छ।

    चालू खर्च भने ३८ प्रतिशत खर्च भइसकेको छ। चालू आर्थिक वर्षमा चालू खर्च १० खर्ब ६५ अर्ब गर्ने लक्ष्य राखेकोमा ४ अर्ब ६ करोड खर्च भएको छ।

    वित्तीय खर्च भने २६.१२ प्रतिशत खर्च भएको छ। ६ महिनामा ४९ अर्ब ४७ करोड खर्च गरेको छ।

    ६ महिनामा कुल खर्च भने ३१ प्रतिशत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले उल्लेख गरेको छ।

    ‘बजेट त्यहीँ बसिराख्दैन। यो बजेट अन्तिममा दिन्छु भनेर मानिनेवाला छैन, अन्तिममा निकासा पनि गरिनेछैन’, अर्थमन्त्रीले भनेका थिए, ‘असारमा आएर बजेट निकासा हुँदैन। जे निकासा हुने हो पहिले नै हुन्छ। खर्च हुँदैन भने खर्च हुने ठाउँमा पठाइदिन्छौँ।’

    उनले समयमै खर्च नहुने स्थिति देखिए प्रदेश तथा स्थानीय तहलगायत खर्च हुने स्थानमा बजेट स्थानान्तरण गरिने बताएका हुन्।

    त्यस्तै पुस मसान्तसम्म करिब ४६ प्रतिशत राजस्व संकलन भएको छ। जसमा करबाट ४ खर्ब ९४ अर्ब रुपैयाँ, गैरकरबाट ४८ अर्ब रुपैयाँ र अनुदानबाट १३ अर्ब रुपैयाँ अनुदान आएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend