९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

क्रिकेट प्रशिक्षक अधिकारीले दिए धुर्मुस सुन्तलीविरुद्ध अख्तियारमा उजुरी


जनमञ्च संवाददाता
  • २ माघ २०७८ , आइतबार

  • क्रिकेट प्रशिक्षक अधिकारीले दिए धुर्मुस सुन्तलीविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं, २ माघ – धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

    बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेट राष्ट्रिय प्रशिक्षक अनिल अधिकारीले उनीहरूविरुद्ध अख्तियारको केन्द्रीय कार्यालय |टंगालमा उजुरी दिएका हुन्।

    चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अनियमितता भएको भन्दै छानबिनको मागसहित उजुरी परेको हो।

    उजुरीमा आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गर्न मागसमेत गरिएको छ।

    ‘देश–विदेशमा रहेका नेपालीहरूबाट चन्दा संकलन र भरतपुर महानगरपालिकालगायतका सरकारी कार्यालयबाट ५७ करोडभन्दा बढी रकम उठाई हाल सो रंगशालाको सरकारी इञ्जिनियरहरूबाट मूल्यांकन गर्दा १७ प्रतिशत पनि निर्माण कार्य नगरी उल्टै १७ करोड ऋण तिर्नुपर्ने रकम देखाई परियोजना अलपत्र पारेर फरार रहेकोमा निजहरूलाई पक्राउ गरी आर्थिक अपचलन र ठगी मुद्दामा छानबिन गर्न माग गर्दछु’, उनले निवेदनमा लेखेका छन्।

    सामाजिक सञ्जालको दुरुपयोग गर्दै मोटो रकम उठाएर व्यापक भष्टाचार गरेको उनको आरोप छ।

    आयोगले धुर्मुस सुन्तली फाउन्डेसनविरुद्ध उजुरी परेको पुष्टि गरेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend