८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

स्थानीय चुनाव साताभित्रै घोषणा हुन्छ: मन्त्री खतिवडा


जनमञ्च संवाददाता
  • ३ माघ २०७८ , सोमबार

  • स्थानीय चुनाव साताभित्रै घोषणा हुन्छ: मन्त्री खतिवडा

    विराटनगर, ३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले एक साताभित्रै स्थानीय चुनाव घोषणा गरिने बताएका छन्।

    विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले सरकार चुनाव घोषणा गर्ने तयारीमा रहेको बताए। “अब बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तहको चुनावको मिति तोक्छ,” मन्त्री खतिवडाले भने।

    पाँच दलीय गठबन्धन चुनावप्रति प्रतिबद्ध रहेको उनको भनाइ थियो। “पाँच दलीय गठबन्धन चुनावसँग भाग्दैन,” मन्त्री खतिवडाले भने, “एक साताभित्रै स्थानीय चुनाव घोषणा हुन्छ।”

    समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको बताए। सातै प्रदेशमा तालिका बनाएर खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्ने सरकारको नीति रहेको उनको भनाइ थियो।

    अहिलेसम्म ४० प्रतिशत जनताले खोप लगाइसकेको जानकारी दिंदै मन्त्री खतिवडाले अब खोप लगाउन अस्थायी डेस्क पनि राखिने बताए। भीडभाड हुने शहरमा नियमित खोप सञ्चालन गर्ने सरकारको तयारी रहेको उनले बताए।

    कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको रोकथाम, उपचार एवं नियन्त्रण गर्न सरकारले तयारी गरिरहेको बताए। होल्डिङ सेन्टर निर्माण गर्ने र अस्पतालमा आइसीयू, भेन्टिलेटरको व्यवस्थासँगै अक्सिजन प्लान्ट स्थापना भइसकेको उनको भनाइ थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend