जनकपुरधाम, ३ माघ – प्रदेश २ को नाम मधेश भएको छ । सोमबार प्रदेश सभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम टुँगो लगाएको हो । प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । यो दुई तिहाईभन्दा बढी हो ।
मधेश प्रदेश रहने प्रस्ताव सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी, माओवादी केन्द्र र लोसपाले गरेको थियो । सैलेन्द्र यादवले राखेको प्रस्तावमा ८० जनाले मतदान गरे । यो प्रस्तावले दुई तिहाइ पाएसँगै अन्य प्रस्ताव स्वत: निष्क्रिय भएका छन् ।