९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जनताको अपनत्व हुनेगरी विकास गर्छौ: मुख्यमन्त्री


जनमञ्च संवाददाता
  • ५ माघ २०७८ , बुधबार

  • जनताको अपनत्व हुनेगरी विकास गर्छौ: मुख्यमन्त्री

    बागलुङ, ५ माघ – गण्डकी प्रदेशका ले विकास निर्माणमा आम जनताको अपनत्व महसुस हुने कार्यक्रम ल्याउने बताएका छन् । उनले बजेटको मुखैमा सरकार गठन हुँदा छुटेका सबै क्षेत्र समेटेर आगामी बजेट बनाउन पहल गर्ने समेत बताए ।

    बागलुङमा कांग्रेसले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा नेपालीले भौगोलिक रुपमा छुटेका बिषयमा बजेट समावेश गर्ने र हाल समावेश भएका काम तत्काल थाल्ने समेत बताए । बागलुङमा प्रदेश सरकारको बजेटमा सुरुङ मार्गको योजना बजेटमा उल्लेख थियो ।

    ‘राजनीतिक र सरकारको पहलमा विकासमा भएको अबरोध फुकाउन पहल हुनेछ’ उनले भने, ‘सबै क्षेत्रको चासोबाटै विकासले गति लिने हो ।’ उनले भौगोलिक रुपमा विकट क्षेत्रको बिकासमा सरकार निरन्तर चासो र चिन्तनमा रहेको पनि बताए ।

    पञ्चकोटमा निर्माण भैरहेको संरचना हेर्ने उद्देश्यले आएका नेपालीले बानपा-४ को कुँडुलेमा रहेको शालीग्राम संग्राहलय अबलोकन गरेका थिए । उनले प्रमुख जिल्ला अधिकारीसहितका कर्मचारी भेटेर प्रशासन क्षेत्रलाई चुस्त बनाउन सुझाव दिए ।

    नेपाली हालै कांग्रेस केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका थिए । उनले कांग्रेसले विकासमा अगुवाई गर्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन पनि दिए । ‘हरेक संभावना र बिकासका एजेण्डामा कांग्रेस कार्यकर्ताले काम गर्नुपर्छ’ उनले भने, ‘युवाहरुले काम पाउने गरी कांग्रेसले नीति र एजेण्डा पनि ल्याउनेछ ।’

    कार्यक्रममा काग्रेस सभापति जितबहादुर शेरचन, कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीका क्रियाकलाप जनताको सेवामा सर्मपित हुनुपर्ने धारणा राखेका थिए । कांग्रेस सचिव हरिहर शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend