९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कोरोना परीक्षण शुल्क घट्यो, अब सरकारीमा ८ सय, निजीमा १५ सय रुपैयाँ


जनमञ्च संवाददाता
  • ५ माघ २०७८ , बुधबार

  • कोरोना परीक्षण शुल्क घट्यो, अब सरकारीमा ८ सय, निजीमा १५ सय रुपैयाँ

    काठमाडौं, ५ माघ – सरकारले कोरोनाभाइरस परीक्षणको शुल्क केही घटाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना परीक्षण गराउन सरकारीमा आठ सय र निजी अस्पतालमा रु.एक हजार पाँच सय तोकेको छ।

    यसअघि सरकारीमा एक हजार र निजीमा दुई हजार परीक्षण शुल्क तोकिएको थियो।

    बुधबार मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले परीक्षण किटको मूल्य घटेकाले शुल्क घटाइएको बताए।

    त्यस्तै, सरकारी ल्याबमा कोरोना सङ्क्रमणको लक्षण भएकालाई निःशुल्क परीक्षण गरिराखिएको समेत प्रवक्ता अधिकारीले बताए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend