९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङमा ६९ जनाको परिक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि


जनमञ्च संवाददाता
  • ५ माघ २०७८ , बुधबार

  • बागलुङमा ६९ जनाको परिक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि

    बागलुङ, ५ माघ – पछिल्लो २४ घण्टामा बागलुङमा ५२ जना कोरोना संक्रमित थपिएका छन् । ६९ जनामा गरिएको परिक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ८७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोतव्यक्ति देवप्रकाश घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोनामुक्त भएका छन् ।

    जिल्लामा हालसम्म पिसिआर र एन्टिजेन गरी कुल २८ हजार ५ सय १ जनामा गरिएको परिक्षणबाट ८ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ७ हजार ८ सय ५२ जनाले कोरोना संक्रमणलाई जितेका छन् भने ७२ जनाको संक्रमणकै कारण निधन भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend